ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

मुद्दा मामिला भन्दा ‘मेलमिलापमा’ प्राथमिकता

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

बुटवल, २१ फागुन । अदालती प्रकृया लामो र झन्झटिलो हुने भएकोले स्थानीयस्तरमा हुने सामान्य बिवाद, झै—झगडा र लेनदेनका मुद्दा मामिलाहरू स्थानीय तहमा फछ्र्यौट हुने गरेका छन् । बुटवल उपमहानगरपालिकाले दिने सेवा र सुबिधालाई चुस्त दुरुस्त बनाउँदै यसप्रकारका मुद्दा मामिलाका समस्याहरू पनि छलफल र मेलमिलापमार्फत समाधान गर्ने गरेको छ । नगरबासीलाई प्रदान गर्ने सेवा प्रबाहलाई ब्यबस्थित गर्दै गर्दा बुटवल उपमहानगरपालिकामा दर्ता हुन आएका धेरै मुद्दाहरूको फछ्र्यौट भएका छन् । पछिल्लो समय धेरै मुद्दाहरू अदालती प्रक्रिया लामो र झन्झटिलो हुने भन्दै स्थानीय पालिकाहरूमा गठन गरिएका न्यायिक समितिमा आउने गरेका छन् ।

न्यायिक समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवि अर्यालले न्यायिक समितिमा आएका सबै मुद्दाहरूलाई आफूहरू सकेसम्म मेलमिलाप गराएर पठाएको बताइन । अर्यालले प्रायः न्यायिक समितिमा आउने मुद्दाहरूमा घरजग्गा सम्बन्धी मुद्दा, घरवहाल सम्बन्धी, बाटोघाटो, पुलपुलेसा, ज्याला मजदुरी दिलाई पाउँ, घरेलु हिंसा, लेनदेन सम्बन्धी, पारिश्रमिक पाउँ, घरायसी झगडा, प्रदूषण सम्बन्धी, गाली वेइज्जती, सटर खाली गराई पाउँ आदी रआउने गरेको भनाइ छ । उपमहानगरमा न्यायिक समितिमा चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ६२ वटा विवाद वा मुद्दाहरू दर्ता भएका छन् । यसबर्ष ३४ वटा मुद्दा फछ्र्याैट समेत भैसकेका छन् अन्य मुद्दाहरू टुंगो लगाउने प्रक्रियामा रहेको बुटवल उपमहानगरपालिकाका कानुन शाखाका प्रमुख धु्रव भट्टराईको भनाइ छ । गत वर्षको तुलनामा यसबर्ष मुद्दाहरू बढी आएको पाइन्छ ।

त्यस्तै न्यायिक समितिका सदस्य इन्दिरा ज्ञवालीले न्यायिक समितिमा रहेर काम गर्दा आफूहरूले आउने मुद्दाहरूलाई कसरी मिलाएर पठाउन सकिन्छ भन्ने एक मात्रै उद्देश्य राखेर काम गरिरहेको बताइन । चाहे इजलास होस वा फिल्ड दुबै क्षेत्रमा गएर आफूहरूले मुद्दाहरू मिलाउने गरेको अनुभव रहेको ज्ञवालीको भनाइ छ । त्यस्तै न्यायिक समितिकै अर्का सदस्य गौतमलाल शाक्यले स्थानीय सरकार, न्यायिक समितिले आफूहरूले पाएको जिम्मेवारीलाई सफलतापूर्व वहन गरेको बताउँदै कोही पनि अदालती प्रक्रियासम्म पुग्न नपरोस् आएका मुद्दाहरू आफूहरूले स्थानीय इजलास मार्फत मिलाउँदै आएको बताए ।

भनिन्छ हिजोका दिनमा घट्नाहरू लुकाउने र सभ्य पार्ने गरिन्थ्यो तर आजभोलि मानिसमा चेतनाको विकास सँगै विवादित मुद्दाहरू पनि धेरै पर्न थालेको पाइन्छ । जस्ले गर्दा गत वर्षको तुलनामा यो वर्ष अझ बढी मुद्दा दर्ता भएका छन् । अदालती प्रक्रिया लामो र झन्झटिलो हुने, आर्थिक हिसाबले खर्चिलो तथा समाजमा हुने अपमान जस्ता समस्याहरूबाट मुक्त हुने हुनाले न्यायका लागि मानिसहरू स्थानीय तहमै पुग्ने गरेको पाइएको छ । हाल न्यायिक समितिमा सम्बन्ध विच्छेद बाहेका अन्य सबै मुद्दाहरू आउने गरेको पाइएको छ । गत आर्थिक वर्षमा फछ्र्याैट हुन बाँकी रहेका २६ मुद्दाहरू र यस वर्ष दर्ता भएका पुस मसान्त सम्ममा २७ मुद्दा दर्ता भएका छन् । मानिसहरूले बढी विश्वास र आशा भरोसामा न्यायका लागि न्यायिक समितिको ढोका ढकढकाउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?