Butwal Today

मायादेवीमा दादुरा–रुबेला खोप अभियान सुरु

२१ फाल्गुन २०८०, सोमबार
अ+
अ-
रुपन्देही ।
रुपन्देहीको मायादेवी गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । पहिलो चरणमा  रुपन्देही जिल्लाका कतिपय पालिकाहरुमा यही फागुन १३ गतेदेखि १७ गते सम्म सन्चालन भइसकेको छ भने दोस्रो चरणमा  बाँकी रहेका केही पालिकाहरुमा आइतबारदेखि सुरु भएको छ ।
जस अन्तर्गत मायादेवी गाँउपालिकाभित्र रहेका ८ बटा स्वास्थ्य संस्थाहरुबाट तोकिएका खोप केन्द्रहरु नवजागृति आधारभुत विद्यालय, तिलौरी आधारभुत विद्यालय तिलौरी, दुर्गा ज्योति बोर्डिङ्ग स्कुल गुण्डा, सुन्डी माध्यमिक विद्यालय वनकसिया, लुठ्ठहवा मा.वि लुठ्ठहवा, कालिकापब्लिक हाईस्कुल बेथरी, गैरगट्टी रामदुलारे मिश्रा मा.वि र जनचेतना आधारभुत विद्यालयमा गरी वडा न. १ देखि वडा न. ८ सम्म एकैसाथ सन्चालन भएको छ ।
जसअन्तर्गत तिलौरी आधारभुत विद्यालय तिलौरीमा ९ महिनादेखि ५ बर्ष सम्मका जम्मा १७४ जना र ५ बर्षदेखि १५ बर्ष सम्मका जम्मा २८२ जना गरी जम्मा ४५६ जना बालबालिकालाई सौहार्दपुर्ण वातावरणमा सफलतापुर्वक खोप लगाईएको मायादेवी गाउँपालिकामा सेवारत स्वास्थ्यकर्मी भोजराज पोख्रेलले बताए । त्यसैगरी आइतबारको पहिलो दिन मायादेवी गाउँपालिका अन्तर्गत सेवारत रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सक्रियतापुर्वक र उत्साहजनक उपस्थितिमा खोप अभियान सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष धुव्र नारायण चौधरी, सम्पूर्ण वडाका वडाअध्यक्षहरु साथै अन्य जनप्रतिनिधिसंगै गाउँपालिका अन्तर्गत सेवारत अन्य कर्मचारी साथै स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माको समेत उपस्थितिमा पालिकाका १ देखि ८ वडाहरुमा गरी ९ महिनादेखि ५ वर्ष मुनिका जम्मा ११ सय ४४ जना र ५ वर्षदेखि १५ वर्ष सम्मका जम्मा २६ सय ५३ गरी मायादेवी गाउँपालिकामा आइतबार जम्मा ३ हजार ७९७ जनालाई सफलतापुर्वक खोप लागेको र खोप लगाउँदा कुनै पनि समस्या आई नपरेको पोख्रेलले जानाकारी गराए । यो अभियान निरन्तर रुपमा फागुन २४ गते सम्म सञ्चालन रहने र पालिकाभित्रका लक्षित वर्गका सम्पूर्ण बालबालिकालाई खोप लगाईने स्वास्थ्यकर्मी पोख्रेलले जानाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?