ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

चिकित्सक दिवसमा सम्मान, मुखपत्र विमोचन तथा अन्तक्र्रिया

समुदायका लागि चिकित्सक, चिकित्सकका लागि समुदाय नारासहित ७४ औ चिकित्सक दिवसमा विविध कार्यक्रम
२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

बुटवल, २१ फागुन ।

समुदायका लागि चिकित्सक, चिकित्सकका लागि समुदाय नारासहित बुटवलमा नेपाली चिकित्सकको ७४ औ स्थापना दिवस मनाईएको छ । चिकित्सकहरु पेशाप्रति रहेको गलत धारणा चिर्दै अब समाजप्रति उत्तरदायी र अपनत्व हुने गरी अघि बढ्न जरुरी रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।

नेपाल चिकित्सक संघ लुम्बिनीको आयोजनामा आइतबार बुटवलमा भएको चिकित्सकलाई अवसर र चुनौती विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख वक्ता नेशनल डेभलपमेन्ट काउन्सिलका एक्सपर्ट मेम्बर डा. ताराप्रसाद सापकोटाले चिकित्सा वा मेडिकल ब्यवसायीप्रति आम नागरिकको दृष्टिकोण, चिकित्सा क्षेत्रको अवसर र चुनौतीका बारेमा प्रकाश पारे । ‘मेडिकल केयर र हेल्थ केयर फरक पेशा भएपनि दुवैलाई आम नागरिकहरु एउटै रुपमा हेर्ने गर्छन्’— उनले भने । समाजमा चिकित्सकप्रति बनेका नकारात्मक धारणाहरु चिर्न जरुरी रहेको उनले बताए ।

संवेदनशील स्वास्थ्य क्षेत्रमा योगदान दिंदै आएका चिकित्सकको बजार विश्वब्यापी छ, चिकित्सक सेवासुविधा पाउँछन् भन्ने अर्को सकारात्मक धारणा रहेको समेत उनले बताए । अर्कोतर्फ चुनौतीहरुका रुपमा बढी दबाबमा काम गर्नुपर्ने बाध्यता, बढी जोखिम, धेरै ब्यस्तता, कार्य क्षेत्रमा सुरक्षा, शारीरिक र मानसिक दबाब दिने, अनुसन्धानको अभाव देखिएको बताए । चिकित्सकको अधिकारका विषयमा धेरै कानुनहरु बनेको भन्दै उनले यसको कार्यान्वयन अभाव रहेको उनले बताए । उपचारमा आएको बिरामीको जाँच, रोगको पहिचान, परामर्श प्रति चिकित्सकले ध्यान दिनुपर्छ ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष कृष्ण खरेलले वि.सं. २००७ साल फागुन २० गते स्थापना भएको संस्थाको स्थापना दिवसलाई रचनात्मक कार्यक्रम गरी मनाएको बताए ।

कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थले उद्घघाटन गर्दै समाजप्रति उत्तरदायित्व भएर सामाजिक क्षेत्रमा चिकित्सकहरु बढी समय दिन जरुरी रहेको बताए ।

यसैबिच कार्यक्रममा ‘मेडिभ्बाईस लुम्बिनी’ चौथो संस्करण मुखपत्रको विमोचन गरिएको छ । चिकित्सक सेवामा ४५ वर्ष देखि निरन्तर सेवा दिदै आएका तौलिहवा निवासी डा. सुशील कुमार श्रीवास्तवलाई कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रममा शाखाका सहसचिव डा. मोहनलाल तिवारीले संस्थाको भावी कार्यक्रम र योजनाबारे प्रस्तुति दिदै चिकित्सकहरुको सुरक्षा, स्थिर, शैक्षिक शिक्षा, सरकारी दरबन्दी बढाउने, लोकसेवा आयोग खोल्न दबाब दिने, जेल विथआउट बेल कार्यान्वयनका विषयमा संस्थागत पहल थालेको बताए ।

कार्यक्रममा डा. सन्तोष पोखरेलले चिकित्सकको सुरक्षाको विषयमा सरकार गम्भीर नबनेको दुखेसो गरे । संस्थागत रुपमा हकहितभन्दा पनि कुनै पहल नभएको उनले बताए । राजनीति गर्ने सिंढीका रुपमा एनएमबिलाई प्रयोग भएको उनले दुःखेसो गरे । ‘रेपिड एक्सन टिम बनाउनुपर्ने अवस्था आएको छ’–उनले दुखेसो गरे । चिकित्सक देशमा गरेको योगदानको कदर नहँुदा विदेशिनुपर्ने अवस्था आएको उनले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष डा नन्दा गुरुङ, ईन्द्र ढकाल, उपाध्यक्ष डा वर्षा थापा, सचिव डा प्रकाश बस्नेतले सबै चिकित्सकहरुलाई संस्थागत रुपमा जोड्ने कामसंगै नया योजनालाई अघि बढाउदै लैजान जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?