ट्रेंडिंग:

>> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान 

स्थानीय तहको कार्यसम्पादनमा प्रश्नः गतसाल उत्कृष्ट अहिले फेल !

पालिकालाई जनताका नजिक रहेका शक्तिशाली सिंहदरबार भनिए पनि तिनलाई आत्मनिर्भर र बलियो बनाउन संघले आवश्यक नीतिगत काम नगरेको गुनासो जनप्रतिनिधिले गरिहेका छन् ।
२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

बुटवल, २१ फागुन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशका केही पालिकाले राम्रो गरेका छन् भने केही पालिका कमजोर भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६१.८१ अंक ल्याएर नगरपालिकामध्ये देशभरको प्रथम भएको छ । गुल्मीको मालिका गाउँपालिका ५५.४० अंक प्राप्त गर्दै देशभरका पालिकामध्ये उत्कृष्ट तेस्रो पालिका बन्न सफल भएको छ । देशभरका ४६० गाउँपालिकामध्ये चाहिँ यो गाउँपालिका सबैभन्दा उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो । मालिका गाउँपालिकाको अध्यक्ष देविराम अर्याल रहेका छन् भने उपाध्यक्ष उपेन्द्र अर्याल रहेका छन् ।

पोहरसाल राम्रो गर्ने पालिका यसपालि खस्किएका छन् । बाँकेको नरैनापु्र गाउँपालिका गतवर्ष लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये उत्कृष्ट भएको थियो । यसवापत उसले ६६ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पनि पाएको थियो । तर यसवर्षको कार्यसम्पादन मूल्यांकनमा सो पालिकाले पोहरसालको भन्दा निकै थोरै अर्थात् ३५.३६ अंक मात्र पाएको छ । गतवर्ष उसले ७८.५१ अंक ल्याएको थियो । गतवर्ष प्युठानले लुम्बिनी प्रदेशका नगरपालिकाहरूमध्ये सबैभन्दा बढी ७७.२६ अंक ल्याएको थियो । यस वर्ष उसले ४४.३० अंक मात्र ल्याएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा कम अंक कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाएको छ । उसले १५.६८ प्रतिशत अंक मात्रै प्राप्त गरेको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पोहर साल ४६ दशमलव ६२ अंक मात्र पाएको थियो । यसपालिको उसको हैसियत झन् खस्कियो । उसले ३३.४१ अंक मात्र पाएको छ ।

गतवर्ष ७३.२४ अंक ल्याएको बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि थियो । यस वर्ष पनि ऊ ३५.४१ अंक प्राप्त गरी अगाडि नै छ । रूपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा कम अंक कोटहीमाई गाउँपालिकाले पाएको छ । उसको १५.४८ अंक छ भने सबैभन्दा धेरै अंक सैनामैना नगरपालिकाले पाएको छ । उसले कार्यसम्पादन मूल्यांकनमा ४५.९४ अंक प्राप्त गरेको छ । गुल्मीको गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंकसहित देशभरमा छैटौं स्थानमा छ भने ५०.४४ अंक प्राप्त गर्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिका सातौंं भएको छ । गुल्मीको रेसुंगा नगरपालिका ५० दशमलव ०३ अंकसहित आठौँ स्थानमा रहँदा प्युठानको सरुमारानी गाउँपालिका ४९ दशमलव १९ अंकसहित १० औँ स्थानमा छ । कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशका अधिकांश पालिकाको नतिजा निराशाजनक छ । १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो पालिकाले ३० अंक ल्याउन पनि असफल छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ । आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको प्रवक्ता रामचन्द्र ढकालले बताए । ‘प्रदेशका हकमा ११ र स्थानीय तहका हकमा १७ सूचकलाई आधार मानेर कार्यसम्पादन मूल्यांकन गरी अंक दिइएको हो,’ उनले भने ।
वित्त आयोगले विभिन्न १९ वटा सूचकलाई हेरेर कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फस्र्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलनलगायत विषय पर्दछन् ।

स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा ऐनले तोकेको दिन १० असारभित्र बजेट ल्याए/नल्याएकोबारे अध्ययन गरिएको आयोगले बताएको छ । अध्ययनमा धेरैजसो पालिकाले तोकिएको दिन बजेट ल्याएका छन् । अधिकांश पालिकाले आव ०७७/७८ का लागि आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, यो आवको आन्तरिक राजस्व संकलनको विवरणसमेत पठाएनन । पालिकाले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको अध्ययन गरिँदा मिश्रित नतिजा आएको छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ । यस्ता सूचकहरूमा गरिएको मूल्यांकनका आधारमा धेरै पालिकाले ५० भन्दा कम अंक पाएका छन् ।

स्थानीय सरकारका कामलाई मसिनोसँग नियाल्दै आएका जानकारहरू सङ्घीय र प्रादेशिक सरकारका तुलनामा स्थानीय सरकारहरूले प्रभावकारी काम गरेको औंल्याउँछन् । नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल भन्छन्, “सङ्घीय सरकारले देशको विकास गर्ला भन्ने पटक्कै लाग्दैन, स्थानीय सरकारबाटै सेवा प्रवाह र विकासको काम तीव्र हुने आशा छ ।” पालिकाको अभिलेखको ७५ प्रतिशत आम्दानी संघबाट आउँछ । संघले स्थानीय सरकारलाई ६ खर्ब रूपैयाँ हस्तान्तरण गर्दै आएको छ । वित्तीय हिसाबले प्रदेशसमेत ५० प्रतिशत संघमा निर्भर छ । स्थानीय तहले कुल बजेटको १५ प्रतिशत बजेट पाउँदै आएका छन् ।

केन्द्रबाट प्राप्त हुने सशर्त अनुदान, सामान्यीकरण अनुदान, राजश्व बाँडफाँट, विशेष अनुदान, समपूरक अनुदान र रोयल्टी रकम, प्रदेशबाट प्राप्त हुने ससर्त अनुदान समपूरक अनुदान र सवारीसाधनको कर बाँडफाँटबाट प्राप्त हुने रकमबाटै पालिका चलिरहेका छन् ।
पालिकालाई जनताका नजिक रहेका शक्तिशाली सिंहदरबार भनिए पनि तिनलाई आत्मनिर्भर र बलियो बनाउन संघले आवश्यक नीतिगत काम नगरेको गुनासो जनप्रतिनिधिले गरिहेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण भन्छन्, ‘संघ र प्रदेशले प्रदान गर्ने अधिकार स्थानीय तहले अझै पाएका छैनन्, जसले गर्दा काम गर्ने क्रममा कतिपय कानुनी जटिलताहरू छन् ।’

प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौड्याल आयोजना सञ्चालन गर्न स्थानीय तहमा स्रोतको अभाव रहेको बताउँछन् । ‘संविधानमा अधिकार भए पनि कानुन नबनेकाले हामीले आम्दानी गर्ने र स्वनिर्भर हुने खालका काम गर्न सकेनौँ भन्ने मौका संघले स्थानीय तहलाई छोडेको छ,’ पौड्यालले भने । गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेय आवश्यकताका आधारमा स्थानीय तहले स्वनिर्भर हुने खालका योजना बनाएर काम गर्ने अधिकार हुँदाहुँदै कानुनै ननाएकाले र त्यसको अभ्यास नै नभएकाले संविधानको मर्ममा ठेस पुगेको बताउँछिन् । संघले स्थानीय तहलाई बलियो बनाउने नीति लिएको देखिए पनि व्यवहारमा उल्टो देखिएको छ, उनी भन्छिन् ।

के छ कानुनमा ?

प्रदेश तथा स्थानीय तहका सरकारको राष्ट्रिय कानुनको परिधिभित्र रही पूँजी बजार, वित्तीय बजारबाट केन्द्रीय सरकार तथा उनीहरूलाई ऋण दिन स्थापना गरिएका विशेष ऋण परिचालन गर्न सक्ने अधिकार छ । तर नेपालमा स्थानीय तहलाई वित्तीय र पूँजी बजारमा गएर ऋण परिचालन गर्ने अधिकार हालसम्म प्रदान गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?