Butwal Today

सत्ता गठबन्धनबीच ८ बुंदे सहमति (विज्ञप्तिसहित)

२१ फाल्गुन २०८०, सोमबार
अ+
अ-

कााठमाडौं,२१ फागुन । नयाँ सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभा अध्यक्षको चुनावमा माओवादीलाई समर्थन गर्ने र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने सहमति भएको छ । यस्तै मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ ।

गठबन्धनका दलहरुबीच साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।