ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

राममणि कलेज च्याम्पियन

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

बुटवल, २१ फागुन ।

रुपन्देहीमा सम्पन्न कलेज स्तरीय फुटसलको उपाधि राममणि क्याम्पसले चुमेको छ । युथ फर एक्सनको आयोजना, जेसिआई तिलोत्तमाको सहआयोजना तथा ग्लोबल रिचको मुख्य प्रायोजनमा सोमबार भएको रुपन्देही कलेज फुटसल च्याम्पियनसीप २०८० को फाईनलमा अक्सफोर्ड माविलाई ४–२ गोल अन्तरले पराजित गर्दै राममणिले उपाधि चुमेको हो ।

उपाधिसंगै उसले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता अक्सफोर्ड नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट चित्त बुझायो । प्रतियोगितामा राममणिका १६ गोल हानेका राममणिका अंकित रासकोटी घोषित सर्वाधिक गोलकर्ता, राममणिका अंशुल सिन्जाली उत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी अक्सफोर्डका सुजलमान घले घोषित हुँदै पुस्कृत भए ।

लुम्बिनी फुटसल एरिनामा भएको फाईनलमा राममणिको जितमा अंकित रासकोटी र निश्चल मगरले २–२ गोल गरे । अक्सफोर्डका ध्रुव क्षेत्री र सुजन घलेले गोल गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घबहादुर केसी, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, जेसिआई तिलोत्तमाको अध्यक्ष महेश पौडेल, ग्लोबल रिच बुटवलका शान्ति क्षेत्रीले विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घबहादुर केसीले विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि सरकार र सरोकारवाला निकायहरु लाग्नुपर्ने बताए । खेलकुदप्रतिको दृष्टिकोण सकारात्मक बनाउँदै लग्न जरुरी रहेको भन्दै ससाना क्लब र प्रायोजकहरुबाट खेल क्षेत्र चलेको उनले दाबी गरे । कतिपय विद्यालयहरु खेलकुद गतिविधिका नाममा शुल्क उठाउने भएपनि यस्ता गतिविधि नगराउने भन्दै यसतर्फ सोच्नुपर्ने अवस्था आएको उनले बताए । विद्यार्थी नेताहरु अब यस्ता विद्यालयमा हुने अनियमितताको खोजी गर्न आग्रह गरे । फुटसल लोकप्रिय खेलका रुपमा युवाहरुमाझ परिचित हुँदै गएको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्ने गरी सरोकारवाला निकायहरु लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा जेसिआई तिलोत्तमाको अध्यक्ष महेश पौडेलले मानिसलाई स्वस्थ रहन खेलकुदको महत्वबारे प्रकाश पारे । कार्यक्रममा ग्लोबल रिच बुटवलका सुवोध खनालले खेलमार्फत आत्मियता, सहकार्य बढाउन मद्दत मिल्ने भन्दै सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थामार्फत सहयोग गरेको बताए ।

युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने र सामाजिक कार्यमा समेत योगदान दिने गरी कार्यक्रम गरेको अध्यक्ष प्रयास आचार्यले बताए ।

फागुन २० गतेबाट संचालन भएको प्रतियोगितामा २५ टिमले भाग लिएका संयोजक सन्जोग शर्माले बताए । प्रतियोगिताबाट बचत रकम मृगौला बिरामी पुष्पा थापालाई सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?