Butwal Today

राप्रपा नयां गठबन्धनमा नअटाउने

२१ फाल्गुन २०८०, सोमबार
अ+
अ-

काठमाडौं,२१ फागुन । माओवादी–एमाले सहितको नयाँ गठबन्धनमा राप्रपा नअटाउने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई संसदको सबभन्दा ठूलो दल कांग्रेस र राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।   तर अरु दल गठबन्धनमा आउन सक्ने उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।