ट्रेंडिंग:

>> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

मायादेवीमा दादुरा–रुबेला खोप अभियान सुरु

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार
रुपन्देही ।
रुपन्देहीको मायादेवी गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । पहिलो चरणमा  रुपन्देही जिल्लाका कतिपय पालिकाहरुमा यही फागुन १३ गतेदेखि १७ गते सम्म सन्चालन भइसकेको छ भने दोस्रो चरणमा  बाँकी रहेका केही पालिकाहरुमा आइतबारदेखि सुरु भएको छ ।
जस अन्तर्गत मायादेवी गाँउपालिकाभित्र रहेका ८ बटा स्वास्थ्य संस्थाहरुबाट तोकिएका खोप केन्द्रहरु नवजागृति आधारभुत विद्यालय, तिलौरी आधारभुत विद्यालय तिलौरी, दुर्गा ज्योति बोर्डिङ्ग स्कुल गुण्डा, सुन्डी माध्यमिक विद्यालय वनकसिया, लुठ्ठहवा मा.वि लुठ्ठहवा, कालिकापब्लिक हाईस्कुल बेथरी, गैरगट्टी रामदुलारे मिश्रा मा.वि र जनचेतना आधारभुत विद्यालयमा गरी वडा न. १ देखि वडा न. ८ सम्म एकैसाथ सन्चालन भएको छ ।
जसअन्तर्गत तिलौरी आधारभुत विद्यालय तिलौरीमा ९ महिनादेखि ५ बर्ष सम्मका जम्मा १७४ जना र ५ बर्षदेखि १५ बर्ष सम्मका जम्मा २८२ जना गरी जम्मा ४५६ जना बालबालिकालाई सौहार्दपुर्ण वातावरणमा सफलतापुर्वक खोप लगाईएको मायादेवी गाउँपालिकामा सेवारत स्वास्थ्यकर्मी भोजराज पोख्रेलले बताए । त्यसैगरी आइतबारको पहिलो दिन मायादेवी गाउँपालिका अन्तर्गत सेवारत रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सक्रियतापुर्वक र उत्साहजनक उपस्थितिमा खोप अभियान सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष धुव्र नारायण चौधरी, सम्पूर्ण वडाका वडाअध्यक्षहरु साथै अन्य जनप्रतिनिधिसंगै गाउँपालिका अन्तर्गत सेवारत अन्य कर्मचारी साथै स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माको समेत उपस्थितिमा पालिकाका १ देखि ८ वडाहरुमा गरी ९ महिनादेखि ५ वर्ष मुनिका जम्मा ११ सय ४४ जना र ५ वर्षदेखि १५ वर्ष सम्मका जम्मा २६ सय ५३ गरी मायादेवी गाउँपालिकामा आइतबार जम्मा ३ हजार ७९७ जनालाई सफलतापुर्वक खोप लागेको र खोप लगाउँदा कुनै पनि समस्या आई नपरेको पोख्रेलले जानाकारी गराए । यो अभियान निरन्तर रुपमा फागुन २४ गते सम्म सञ्चालन रहने र पालिकाभित्रका लक्षित वर्गका सम्पूर्ण बालबालिकालाई खोप लगाईने स्वास्थ्यकर्मी पोख्रेलले जानाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?