ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

वन्यजन्तु चोरी शिकारीको चिन्ता

२० फाल्गुन २०८०, आइतबार
२० फाल्गुन २०८०, आइतबार

वन्यजन्तुको सुरक्षाका लागि डिजिटल नवप्रवर्तनको पैरवी गरौं भन्ने नाराका साथ विश्व वन्यजन्तु दिवस आज विविध कार्यक्रम गरि विश्वभरी मनाईदैछ । वन्यजन्तुको विनास भैरहेको अवस्थामा यो दिवसले वन्यजन्तु संरक्षणमा टेवा पुयाउँदै आएको छ । दिवसको अवसरमा आयोजना गरिने चेतनामूलक दिवसीय कार्यक्रमले वन्यजन्तुको विनास होइन संरक्षण गर्नुपर्दछ भन्ने सन्देश समेत दिने गरेको छ । वन्यजन्तुको संरक्षण आजको चुनौति बन्दै गएको छ । वन्यजन्तुको बढ्दो शिकार, चोरी तथा वन जंगलको विनासका कारण वन्यजन्तु नासिने खतरा पनि बढिरहेको छ । अहिलेपनि नेपालका विभिन्न वन जंगलमा जंगली जनावरको चोरी शिकारी र तस्करी हुने गरेको छ । बढ्दो चोरी शिकारी र तस्करीले विश्वमै वातावरणीय चुनौति सिर्जना गरिदिएको छ । वास्तवमा पर्यावरणमा वन्यजन्तुको महत्वपूर्ण भूमिका छ । सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । बाँच्न पाउने उनीहरूको अधिकार हो तर आज प्राणी हत्यको श्रृंखला बढिरहेको छ । विश्व वन्यजन्तु कोषका अनुसार अहिले अन्तर्राष्ट्रिय वन्यजन्तुको अबैध व्यापारकै कारण लगभग पाँचहजार प्रजातिका जनावरहरू र २९ हजार दुईसय प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । यी जनावर र बिरुवाहरूलाई खतराको सीमामा पर्न नदिनेतर्फ विश्वकै ध्यान जानु जरुरी छ । खासगरी वातावरण र अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूको यो बिषयमा समयमै ध्यानाकर्षण होस ।

विश्व वन्यजन्तु दिवसकै सन्दर्भमा रूपन्देही लगायत तराईका वनमा हरिण, बाह्रसिंगे, जंगली खरायो, निलगाई, बँदेल, चरीबाघ, वन बिरालो, बाँदर, स्याल, फ्याउरो, मयुर, वन कुखुरा, लुईंचे, तित्रा, सुगा जस्ता पशुपन्छीहरू प्रशस्तै पाईन्छन् । यहाँका सामुदायिक वनहरू बन्यजन्तु सम्पन्न छन । तर, वन क्षेत्रबाटै वन्यजन्तुहरूको अबैध शिकार हुने गरेको पाइएको छ । सामुदायिक वनमा कुनैपनि प्रकारका वन्यजन्तुको शिकार गर्न पाईदैन तर ठूला ठूला घना जंगलमा दिउँसै चोरी शिकारीका घटना बढिरहेका छन । यसतर्फ सम्वन्धित सामुदायिक वन तथा वन डिभिजन कार्यालयको ध्यान जानु जरुरी छ । वास्तवमा अहिले सामुदायिक वनहरूले समेत रुख विरुवाको संरक्षणमा चासो दिने तर त्यहाँ रहेका अमूल्य वन्यजन्तुको संरक्षणमा कुनै चासो नदिएको देखिएको छ । वनमा वन्यजन्तुको पहिलो अधिकार हुन्छ । तर, संरक्षणको साटो चोरी शिकारी बढ्दो छ । यो चिन्ताको कुरा हो । अवका दिनमा वन्यजन्तुको संरक्षणका लागि योजना वनाउनु जरुरी छ ।

त्यसमा पनि सरकार र सम्वद्ध सामुदायिक वनहरूले संरक्षणको ठोस योजना बनाउनेतर्फ ध्यान दिनु अत्यावश्यक छ । अर्कोतर्फ चुरे क्षेत्रको विनासका कारण त्यस क्षेत्रमा बस्दै आएका वन्यजन्तुको आहारविहारमा असर परिरहेको छ । अहिले चुरेमा बस्दै आएका चराचुरुङ्गी र साना वन्यजन्तु समस्यामा परिरहेका छन् । चुरे क्षेत्रको भूक्षयको कारणले गर्दा बढ्दो पानीको अभावका कारण वन्यजन्तु प्रभावित हुन थालेका छन.। फलस्वरूप वन्यजन्तुहरू अन्यत्र बिस्थापित हुन थालेको देखिएको छ । बर्षेनी दोहोरिने वन डढेलो, चरिचरन, भूक्षय, प्रदूषण र जंगल काँटछाँटले वन्यजन्तुलाई आहारा र पानीको कमी हुन थालेका छ । फलस्वरूप जंगलमा बस्दै आएका जंगली जनावर नजिकको वस्तीमा आउन थालेका छन । र, बालीनालीमा नोक्सानी पु¥याउन थालेका छन । जसका कारण जनावर र मानववीच द्वन्द्व बढ्न थालेको छ । तसर्थ अवको दिनमा वन्यजन्तुको उचित संरक्षण र व्यवस्थापनतर्फ ध्यान दिनु जरुरी छ । खासगरी यो बर्षको वन्यजन्तु दिवसको नाराले धेरै कुरा सम्बोधन गरेको छ । वन्यजन्तुको संरक्षणमा अव पुरातन सोच र विचार बदल्नु जरुरी छ । जसरी विश्व डिजिटल युगमा परिणत भएको छ, त्यसरी नै मानिसले वन्यजन्तुको संरक्षणमा पनि डिजिटल रफ्तारमै ध्यान दिनु जरुरी छ । होइन भने वन्यजन्तु लोप हुने र मासिने खतरा अझै बढ्दै जानेछ । त्यसको असर समग्र इकोसिस्टममा पर्न सक्छ । यसतर्फ विश्वकै ध्यानाकर्षण जरुरी छ । खासगरि नेपालले वन्यजन्तु संरक्षणमा अहिलेसम्म गरिरहेको प्रयास पुरातन छ । यसमा परिवर्तन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?