Butwal Today

नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

१९ फाल्गुन २०८०, शनिबार
अ+
अ-

काठमाडौं ।

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

टियु क्रीकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ओपनर अनिल शाहलाई बेन्चमा राख्दै कुशल भुर्तेल खेलमा फर्किएका छन् ।

पहिलो खेलमा नामिबियासँग २० र दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो ।
नेपाल चौथो खेलमा नेदरल्यान्डलाई पराजित गर्दै घरेलु मैदानमा जारी टी-२० सिरिजको फाइनल यात्रा सहज बनाउन चाहन्छ ।