ट्रेंडिंग:

>> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने

नागरिक समाज दाङको संयोजकमा थापा 

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

दाङ, १९ फागुन ।

नागरिक समाज दाङको संयोजकमा नीमबहादुर थापा निर्वाचित भएका छन् । समाजका संयोजक केबी मसालको अध्यक्षता तथा पूर्व संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यमा आज घोराहीमा सम्पन्न छैठौँ अधिवेशनले थापाको संयोजकत्वमा आगामी तीन वर्षे कार्यकालका लागि उपसंयोजक र एक जना सदस्य कार्यसमितिको सिफारिसमा पछि तोक्ने गरी १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

जसको सचिवमा नारायणप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बसन्तराज भट्टलाई चयन गरिएको छ । उपसंयोजक पदमा कार्यसमितिको सिफारिसमा चयन गरिने भएको छ । यसैगरी, सदस्यहरुमा हरिप्रसाद पाण्डेय, नारायण शर्मा, दामोदर भण्डारी, नवराज श्रेष्ठ, निर्मला गौतम, शरद गौतम, लक्ष्मी आचार्य, हरिप्रसाद रिजाल, दधिराम खनाल र खगेश्वर पोख्रेल चयन भएका छन् ।

सो अवसरमा रेग्मीले हिजोका दिनदेखि नागरिकको आवाज उठाउने काम गर्दै आएको नागरिक समाजले आफ्ना जिम्मेवारीबाट बाहिर उम्कन नमिल्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा बलियो उपस्थिती जनाएको नागरिक समाजको भूमिका आजको दिनमा पनि नागरिकका पक्षमा मुखरित हुनुपर्नेमा जोड दिए ।

समाजका लागि आवश्यक संस्थाका रुपमा स्थापित नागरिक समाजलाई सबैले अपनत्व हुने गरी अघि बढ्न र जिम्मेवार निकायका रुपमा काम गर्न आग्रह गरे। नागरिकको जनजीविकाका पक्षमा राज्यका निकायसम्म आवाज पुर्याउने काममा नागरिक समाजले खेल्दै आएको भुमिकालाई अझ सशक्त बनाउनुपर्ने उनको भनाई थियो ।

अधिवेशनमा सचिव नारायणप्रसाद श्रेष्ठको सांगठनिक र कोषाध्यक्ष हरिलाल विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रममा नागरिक समाजका पूर्व संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष प्रताप रेग्मी, वर्तमान अध्यक्ष दुर्गालाल केसी, नागरिक समाजकी पूर्व सचिव लक्ष्मी आचार्य, राप्ती साहित्य परिषदका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, वर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघका अध्यक्ष खगराज पाण्डे, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतम, मानव अधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्मालगायत बोलेका थिए ।

उपसंयोजक नीमबहादुर थापाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण समाजका सदस्य हरिप्रसाद पाण्डेयले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?