Butwal Today

नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य

१९ फाल्गुन २०८०, शनिबार
अ+
अ-

काठमाडौं।

टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स १२० रनमै समेटिएको छ।नेपाली बलरहरू हाबी भएको खेलमा नेदरल्यान्ड्स सुरुदेखि  नै संकटमा परेको थियो।

नेपाली बलरहरूले एकपछि अर्को प्रभाव देखाउँदा नेदरल्यान्ड्सले १२१ रनको सामान्य चुनौती दिएको हो।

नेदरल्यान्डलाई सस्तोमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका प्रतिशले १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
त्यसपछि नवौँ ओभरमा प्रतिश र दसौँ ओभरमा कुशलले २–२ लिए । प्रतिशले १५ ओभरका एक विकेट लिँदा १८औं ओभर दीपेन्द्रको बलिङमा नेदरल्यान्डले दुई विकेट गुमाएको हो ।

ब्याटिङमा नेदरल्यान्डका म्याक्स ओ डाउडले ३१ रन बनाए । टिम भान डर गुग्टेन २४, स्कट एडवाड्र्स १८, तेजा निदामानुरु ५, नोआ क्रोस ३, माइकल लेभिट ४, भिभिएन किंग्मा ४, काइल क्लाइन १, आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शुन्य रनमा आउट भए । रोलफ भान डर मव २३ रनमा अविजित रहे ।