ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

गोमाको ‘घरको अचार’

कागती खेती शुरु गर्दा छरछिमेकबाट आलोचना खेप्दै अमिलो मन बनाएका गोमा दप्पतीले अहिले कागतीको अचार व्यवशाय थपेका छन् । यो वर्ष नै करिब १० क्वीन्टर कागतीको अचार बनाएका उनीहरूले कागतीसँगको व्यवशायको कथा सुनाउँदा कतिखेर मन अमिलो पार्छन भने कतिवेला स्वादिलो सुन्तलाको स्वाद लिदाको जस्तै सतुष्टी ।
१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

पाल्पा १९ फागुन । वर्षदिन अघिसम्म व्यवसायी कागती खेतिबाट राम्रो पहिचान बनाउन सफल भएकी गोमा भण्डारीको दैनिकीमा अर्को काम थपिएको छ । त्यो काम हो कागती खेतीसँगै कागतीको आचार बनाउने व्यवशाय । तिनाउ गाउँपालिका मस्याम गाउँकी गोमा भण्डारीले एक दशक अगाडिदेखि मकै उब्जनी बारीको काल्ना काल्नामा स्थानीय जातको कागतीको व्यवसायी खेतिबाट लुम्बिनी प्रदेश मै उष्कृृट कृषकको रूपमा स्थापित हुन सफल भएकी थिइन । विगत एक वर्ष यता कागतीबाट व्यवसायी कागतीको अचार उत्पादन गरेर थप पहिचान बदलेकी छन ।

सामान्य रूपमा घर खर्चका लागि मात्र अचार बनाएकी गोमाको बगैचा अध्ययन तथा अवलोकन गर्न आउनेहरूको उत्प्रेरणा कै कारण गत वर्षबाट कागतीको व्यवसायी अचार उत्पादनको थालनी गरेकी हुन । सात रोपनी क्षेत्रफलमा कागती लगाउदा घर परिवार तथा आफन्तहरूको आलोचनाको पात्र समेत बनेकी गोमा भण्डारी कुराकाट्नेहरूलाई अर्को काम गरेर गतिलो जवाफ फर्काएकी छिन् । आलोचनाको पात्र बन्नु पर्दा कागती जस्तै अमिलो मन बनाउने गरेका उनका श्रीमान हुमनाथ भण्डारी अहिले शिक्षण पेशा नै छाडेर कागतीको व्यवशायिक उत्पादनमा लागिपरेका छन् ।

स्थानिय बजारदेखि बुटबल, पोखरा जस्ता ठुला ठुला बजारसम्म आफ्नो उत्पादन बिक्री गरेका हुमनाथ भण्डारी बताउछन । श्रीमतीले व्यवासयीक रूपमा कागती खेति गर्न लागेको तिन वर्ष पछि उत्पादन सुरु भयो । दाना बिक्री गदा गर्दै गत वर्षबाट श्रीमती कै प्रयासबाट नयाँ कामको थालनी भयो । अचार पनि स्थानिय बजारदेखि पोखरा, बुटबल जस्ता बजारमा राम्रोसंग बिक्री भएको छ । विगतमा आलोचना गर्नेहरूले अहिले प्रोत्साहन गरेको गोमा बताउँछीन । अचार भन्ना साथ सबैको जिब्रो बाट पानी नै रसाउछ सबैलाई मनै पर्ने बस्तु पनि भयो । बजारमा अचार भारतिय उत्पादन नै पाइन्छ । भारतीय उत्पादनको तुलनामा कम मुल्य गुणस्तरिय र फरक स्वाद, गर्नु नै पर्छ भनेर नयाँ कामको थालनी गर्दा गत वर्ष १० क्विन्टल बाट सुरुवात गरेको उनी बताउछिन ।

दाना बिक्रीको समयमा मुल्य उतार चढाव हुन्छ । दानाको बिक्रीको तुलनामा भन्दा अचार सजिलो भएका कारण यस लाई पनि एकै साथ लैजान लागेको यस विषयमा आफु भन्दा श्रीमानले तालिम लिएको भरमा व्यवसाय सुरु गरियो आफुलाई त तालिमको आवश्याकता परेको गोमा भन्दछिन । तालिमको लागि कहि कतैबाट अनुकुल भएको छैन । दाना बिक्री भन्दा अचार बिक्रीबाट राम्रो आम्दानी देखिन्छ गत वर्ष ४० लाख रूपैया बराबरको अपेक्षा गरेरै यो व्यवसाय सुरु गरेको हो । यस पटक तिस लाख रूपैया बराबरको आम्दानी गर्ने लक्ष्य राखेको भण्डारी दम्पती बताउँछन । अचारका लागि आवस्यक पर्ने कच्चा पद्धार्थ,मसला, पलाष्टिकका डिब्बाहरू लाई समेत खर्चिनु पर्दछ । यस पटक निरन्तर रूपमा आम्दानी हुने भएकाले घरको अचार नामबाट दर्ता गरी उद्योगमा संचालन गरेको, स्थानिय तहमा आयोजना हुने मेला तथा महोत्सवमा आयोजकहरूले निःशुल्क रूपमा स्टल उपलब्ध गराउदा समेत राम्रो नै व्यापार हुने गरेको उनले अनुभव बटुलेकी छन ।

भारतीय उत्पादनको भन्दा पृथक स्वादका कारण बजारमा राम्रोसंग माग भएका कारण आफुलाई थप हौसला बढेको उनको भनाइ छ । उत्पादन थप बिस्तारका लागि आफुलाई तालिमको आवश्यकता परेको बताउने गोमा भन्दछिन जिल्ला कै पहिलो पटक कागती खेतिको थालनी गर्दा समेत कृषि ज्ञान केन्द्रबाट सामान्य रूपमा सहयोग प्राप्त गरेकी थिए । व्यवसायीक रूपमा यसरी खेति गर्दा कही कतैबाट अनुदान र प्रोत्साहनको काम नहुँदा नराम्रोसंग मन दुखेको उनी बताउँछिन् । मुलुकमा तिन बटा तहमा सरकार छन व्यवसायीक रूपमा कृषि व्यवसाय गर्ने उद्यमीहरूका लागि पहुचको आधारमा नभई कामको आधारमा अनुदानको व्यवस्था भए युवाहरूले वैदेशीक रोजगारको विकल्पमा कृषि उद्यमी नै रोज्ने र खोज्ने थिए उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?