ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

कपिलवस्तु, १८ फागुन । कपिलवस्तुको पुर्व पश्चिम राजमार्गको बुद्धभुमी नगरपालिकाको डुमरा देखी महाराजगंज नगरपालिका स्थित हुलाकी राजमार्गको गैडहवा जोड्ने सडक मापदण्ड अनुसार निर्माण नहुदाँ नागरिकले सास्ती भोग्नु परेको छ । सडक पुर्वाधार बिकास कार्यालय कपिलवस्तुले ठेक्का लगाएको सो सडक निर्माण पुरा नहुदै खाल्डाखुल्डी परेको छ । डिभिएसटी (डबल बिटमिनस सर्फेस ड्रेसिङ्ग) प्रबिधीमा निर्माणाधिन सो सडकखण्डको औरहवा देखी महाराजगंज खण्ड र महाराजगंज देखी गैडहवा खण्डमा निर्माण गरिएको सडक बराबर छैन भने ठाँउ ठाँउमा खाल्डाखुल्डी समेत परेको छ । करिब ११ किलोमिटर ७ सय मिटरको कुल सडक मध्यको करिब ३ किलोमिटर सडक निर्माणाधिन अवस्थामै बिग्रीएको हो ।

अहिले औरहवा देखी महाराजगंज सम्म करिब ८ सय मिटर र महाराजगंज नगरपालिका अघि देखी गैडहवा हुलाकी सडक सम्म करिब २ किलोमिटर सडक खाल्डाखुल्डी पुर्ण छ । सो सडकमा साईकल, मोटरसाईकल र ट्याम्पु चालकले सडक समथर नहुदाँ झ्याक्किदै यात्रा गर्नु पर्ने अवस्था छ । सडक निर्माण भए पनि सडकमा खाल्डाखुल्डीले गर्दा आफुहरूले आवतजावतमा सास्ती भोग्नु परेको महाराजगंज नगरपालिका वडा नम्बर १ का राजु फकिरले बताए । “यो सडकको काम राम्रो भएको छैन । बनेको ६ महिनामामै खाल्डाखुल्डी छ । कति दिन टिक्छ खै ?” उनले भने । उनी जस्तै सोहि नगरपालिकाको वडा नम्बर ९ का ट्याम्पु चालक राम सवारेले खाल्डाखुल्डीले आफुलाई र यात्रुलाई सास्ती भएको गुनासो गरे । “नयाँ बनेको सडकमा भएका खाल्डाखुल्डीले ट्याप्पुको पार्टपुर्जा हल्लिन्छ । यात्रुहरूलाई समेत झ्याक्छ ।” उनले भने । “सडक बनाउन सरकारले फालाफाल पैसा दिन्छ । बनेको ६ महिनामै सडक खाल्डाखुल्डी परि सक्यो । हुन त यो सडक भत्केन, भने फेरी कसरी बन्छ ?” महाराजगंन ११ का स्थानिय पारसनाथ सिंहले व्यङ्ग गर्दै भने । सडक निर्माणको क्रममा अनुगमन गर्ने निकायले ध्यान नदिएकै कारण नागरिकले सास्ती भोग्नु परेको उनले आरोप लगाए ।

सडक निर्माणकै क्रममा खाल्डाखुल्डी परेको र नागरिकले सास्ती बेहोर्दै आएको स्थानीय जनप्रतिनिधीको भनाई छ । मापदण्ड अनुसारको काम नभए पनि सुधारका लागी पहल नभएको जनप्रतिनिधी बताउछन । काम हुदै गरेको वा काम सम्पन्न भए नभएको बारे कुनै सुचनामुलक सामाग्री राखेर जानकारी नदिईएको महाराजगंज नगरपालिका–१ का वडा अध्यक्ष प्रमोद कुमार चौधरीले बताए । “हामी यसै वडाका जनप्रतिनिधी । तर हामीलाई नै थाहा दिईएको छैन । सडक बनि सकेको हो वा बन्दै छ । बनिसकेको हो भने बाटो भरि खाल्डा खुल्डी छ, कस्तो बाटो बनेको हो रु” वडा अध्यक्ष चौधरीले प्रतिप्रश्न गरे ।

डुमरा देखी हुलाकी राजमार्गको गैडहवा जोड्ने सो सडक निर्माणको ठेक्का सडक पुर्वाधार बिकास कार्यालय कपिलवस्तु बाट लुम्बिनी एसेटिक रिजल जेभि रूपन्देहीले लिएको छ । २०७८ बैशाख १६ गते सम्झौता भएको सो योजनाको सम्पन्न गर्नु पर्ने अबधी २०८० कार्तिक ११ गते सम्म थियो । तर अहिले सम्म सो सडक निर्माणको काम पुरा हुन सकेको छैन भने म्याद थप समेत भएको देखिदैन । करिब ३ किलोमिटर सडक मापदण्ड अनुसार निर्माण नभएको भए पनि कार्यालयले कुल ठेक्का रकम १४ करोड ७० लाख ८२ हजार ९ सय ५ रूपैया रहेकोमा १२ करोड २१ लाख ६४ हजार ६ सय रूपैया ठेकेदार कम्पनीलाई भुक्तानी गरि सकेको छ ।
ठेक्का अबधी सकिनै लाग्दा ठेकेदार कम्पनीले चिसो मौसममा काम गर्दा पिचमा फिनिसिङ्ग नआएको र कार्यालयले भुक्तानी समेत रोकेको कार्यालयको दाबी छ । डिभिएसटी प्रबिधीमा निर्माण गरिएको सडक भएकाले तत्कालै फिनिसिङ्ग नआएको प्राबिधिक कार्यालयबाट खटिएका साईड ईन्जिनियर तिलक बहादुर गाहाले जानकारी दिए । अब ठेकेदार पक्षलाई मर्मत गर्न लगाईने उनको प्रष्टिकरण थियो । “सम्झौता अनुसार काम अन्तिम समयमा गर्दा सेकेण्ड कोडको फिनिसिङ्ग आएको छैन । त्यसको हामीले भुक्तानी पनि गरेका छैनौ । गर्मी लागे सगै मर्मतको काम गराउछौं ।” उनले भने ।

ठेक्का सम्पन्न नभई सकेको र सो सेक्सनमा फिनिसिङ्ग नआएकाले काम रोक्किएको सडक पुर्वाधार बिकास कार्यालय कपिलवस्तुका निमित्त प्रमुख ईन्जिनियर हरि प्रसाद पौडेलले जानकारी दिए । “फिनिसिङ्ग नआएकले हामीले काम रोकेका हौं । चलनचल्तीको बाटोमा त्यसै माथी जबरजस्ती गाडी चलाएर खाल्डाखुल्डी बढेको हो । त्यसलाई मेन्टिनेन्स गराएर फिनिसिङ्ग गराउछौं ।” निमित्त प्रमुख पौडेलले भने । एकातिर मापदण्ड अनुसार काम नहुदा नागरिकले सास्ती पाउने र अर्का तर्फ काम सम्पन्न नहुदै कार्यालयले ८३ प्रतिशत रकम ठेकेदार कम्पनीलाई भुक्तानी दिनुले कार्यालयले अनुगमनलाई प्राथमिकता नदिएको नागरिकको आशंका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?