ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बुटवल ।

एनसेलले बुधबार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ।

यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन्। ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एक अंश हो।

समझदारी पत्रअनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन्।

यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चालनमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुनेछ। यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्नेछन्।

“ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो। यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्‍याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ,” सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीम अवसरहरूका साथ सशक्त बनाउने कुरामा हामी विश्वस्त छौं। ईएन्ड इन्टरनेसनलका साथ हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आफ्ना सेयरधनी, व्यावसायिक साझेदार र सम्पूर्ण दूरसञ्चार क्षेत्रको प्रगतिमा योगदान पुर्‍याउन तयार छौं। मोबाइल कनेक्टिभीभन्दा बाहिरसमेत नेटवर्क पूर्वाधार विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा हामी डिजिटल नेपाल भिजनको उद्देश्य प्राप्त गर्ने लक्ष्यमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौं, जुन हाम्रो थिम ‘हेयर फर यू’ अर्थात ‘हामी तपाईंकै लागि’मा आधारित छ।”

ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए। “स्थानीय बजारबारे एनसेलको गहिरो बुझाइ र विश्वस्तरीय डिजिटल सञ्जाल विकास गर्ने हाम्रो विशेषज्ञताको संयोजनबाट यस डिजिटल युगमा नेपालको प्रगतिलाई गति दिन मद्दत गर्न सक्छौं भन्ने कुरामा म विश्वस्त छु,” उनले भने, “पूर्वाधारलाई अप्टिमाइज गरेर, कनेक्टिभिटी बढाएर र सेवाहरूमा नयाँ अवसर पहिल्याएर हामी सबै नेपालीका लागि साँच्चै कनेक्टेड र समावेशी डिजिटल भविष्य निर्माणमा सघाउने लक्ष्य राख्छौं। यो सुरुवात मात्र हो। नेपालको महत्त्वाकांक्षी डिजिटल भिजनलाई साकार पार्न रणनीतिक साझेदारको रूपमा के गर्न सक्छौं, त्यो गर्न हामी तत्पर छौं।”

यसैगरी सामझदारीअन्तर्गत एनसेलले ईएन्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्सचुअल मार्केटिङ गर्ने, मेसिन लर्निङ र एआई मोडलहरूको बृहत्तर उपयोग गर्दै उत्कृष्ट एनालिटिक्स कार्यान्वयन गर्ने र बिग डाटा स्रोतहरूको प्रयोगमार्फत सान्दर्भिक र पर्सनलाइज्ड अफरहरू ल्याउनेछ। कम्पनीले आफ्नो ग्राहक आधार वृद्धि, वितरक र विक्रेताहरूको व्यवस्थापनलगायतका विषयमा रणनीतिक दिशा तय गर्नेछ।

एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्यसम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवालगायत अन्य क्षेत्रमा सहकार्य गर्नेछन्। एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्नेछ।

क्यारियर र होलसेल सेवाहरूको सन्दर्भमा एनसेलले ईएन्ड ग्रुपअन्तर्गत विश्वभरका ८५० भन्दा बढी सेवाप्रदायकहरूको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवामार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउन सक्नेछ। त्यसैगरी डिजिटल सोलुसन्सअन्तर्गत प्रविधिमा अभ्यस्त युवाहरूलाई ’बेस्ट इन क्लास’ डिजिटल अनुभव प्रदान गरिनेछ।

यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?