ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

लमही, १८ फागुन । लुम्बिनी प्रदेश सरकार गठन भएको आठ वर्ष पछि लुम्बिनी प्रदेश सरकारले लैंगिक समानता नीति २०८० ल्याएको छ । ४ वटा उद्देश्य तथा १६ वटा रणनीतिक सहित सो नीति निर्माण भएको प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयका मन्त्री चन्द्रकेश गुप्ताले बताए । गुप्ताले नीति आइसकेकोले कार्यान्वयन लैजाने वताए । सरकारमा नीति निर्माण, कार्यान्वयन भन्दा पनि सत्ताकै लागि खेल भइरहने हुँदा काम गर्न सहज नभएको बताए । मन्त्री गुप्ताले आफू मन्त्री रहदाको अनुभवमा सबैलाइ समान गर्न नसकेकोे राजनीतिक पहुँच भएकाहरूले मात्र अवसर पाउने गरेको अनुभूति गरेको बताए ।

मुख्यमन्त्री परिषद कार्यालयका प्रमुख सचिव राधिका अर्यालले सो नीतिले लुम्बिनी प्रदेशलाई लैंगिक मैत्री प्रदेश वनाउन मद्दत पुग्ने बताइन । उनले रणनीतिमा उल्लेखित नीतिलाई कार्यान्वयनमा लैजाने वताउदै नजिता आउने गरि काम गरिनु पर्ने बताइन । उनले नेपालको संविधानको मर्म र भावनालाई पुरा गर्नका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशमा समनता, विभेदरहित र राज्यको दायित्व ग्रहण गर्दै लैंगिक समानता नीति २०८० ल्याएको बताइन् ।

विश्वब्यापी मान्यता अनुसार लैंगिक समानता भन्नाले महिला, पुरुष, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, दलित, सिमान्तकृत, पिछडा वर्ग लगायतको समान अधिकार जिम्मेवारी र अवसरलाइ जनाईन । साथै लैंगिक समानताले विभिन्न समुहको विविधतालाइ मान्यता दिदै ती सबै समुदायक, वर्गका हक हित, आवश्यता र प्राथमिकरणलाइ ध्यानमा राखेर प्रदेश सरकारले लामो समय पछि सो नीति बनाएको हो ।
नीति आए पछि लक्षित वर्गहरू खुसी देखिएका छन यद्यपी कार्यान्वयन कहिले हुन्छ सरकार भन्दै प्रश्न उठाउन थालेका छन् । विषेश गरेर प्रदेश सरकारका प्रमुख सचिव महिला भएका कारण राधिका अर्यालको विषेश पहलमा सो निती बनेको लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख शारदा बस्यालले बताइन् ।

सो नीतिको मुख्य उद्देश्य प्रदेश र स्थानिय तहको नीति रणनीतिक कानुन, योजना, कार्यक्रम गरि उनिहरूलाइ मुल प्रभाहिकरण गरिनु, नीतिगत, कानुनी तथा संरचनागत क्षेमता सुदृढ गर्ने, महिला अधिकारमा आधारित लैंगिक उत्तरदायी शासन पद्धतीको सुनिश्चित गर्ने र लैंगिकतामा आधारित सवै प्रकार विभेद अन्त्य गरिनु हो । सोही नीतिलाइ लिएर बिहिबार लुम्बिनी प्रदेश सरकारकोे आयोजना तथा लुम्बिनी संम्वाद समुहको सहआयोजनामा नीति सम्वाद कार्यक्रम भालुवाङमा सम्पन्न भएको छ । सो संम्वादमा सहभागी लक्षित वर्ग समुदाय तथा सरोकारवालाहरूले ढिलै भए पनि प्रदेश सरकारले लैंगिक समानता नीतिक ल्याएकोमा धन्यावाद दिदै कार्यान्वयन कहिले हुन्छ भन्ने प्रश्न उठाए ।

दलित, महिला, थारु, मदेशी, युवा, कुमाल, अल्पसंख्यक लगायत लक्षित वर्गका प्रतिनिधीहरूको सहभागिता रहेको थियो । उनिहरूले नीतिमा धेरै कुरा समेटिएको बताउदै समय र आवश्यक परेमा परिमार्जन गर्न सकिने बताएका छन् । त्यसका साथ साथै सामाजीक समावेशीकरण नीतिक आवश्यक पर्ने, लैंगिक नीतिको स्थानमा लैंगिक समानता तथा सामाजीक समावेशीकरण नीतिको बनाउदा उपयुक्त हुने सुझाब दिएका थिए ।

सो नीति सम्वाद कार्यक्रममा लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय महाशाखा प्रमुख बस्यालले प्रदेशमा हाल लैगिंक समानताको अवस्था र लैगिंक समानता नीति २०८० मा उल्लेख गरिए कार्यहरूको सहजिकरण गराएकी थिइन । त्यसैगरि अधिवक्त विष्णुमण धितालले लैंगिक समानता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण सम्वादका अध्यक्ष शुसिल बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?