ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

प्रादेशिक अस्पतालप्रति प्रदेशकै बेवास्ता !

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

हजारौं विरामीको आस्थाको धरोहर लुम्बिनी प्रादेशिक अस्पताललाई सटरबापत प्रदेश सरकारले दिने गरेको बार्षिक ६ करोड रूपैयाँ उपलब्ध नगराउँदा अस्पतालको विकासमै प्रभाव पर्ने देखिएको छ । शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालले सटरबापत उठाउने बार्षिक ६ करोड रूपैयाँ शोधभर्ना उपलब्ध गराउने मौखिक सहमति गरेको थियो । सोही सहमति अनुसार पहिलो बर्ष प्रदेश सरकारले रकम उपलब्ध गरायो । त्यसपछि लुम्बिनी प्रादेशिक अस्पतालमाथि प्रदेश सरकारले आफ्नै सहमतिको पालना नगरि बेइमानीको क्रम सुरु ग¥यो । पोखरेल नेतृत्वको सरकार बहिगर्मन भएपछि अस्पतालमाथि बेइमानी भयो । पहिले दिदै आएको ६ करोड रूपैया समेत उपलब्ध गराउन छोडियो । यो अस्पतालमाथि प्रदेश सरकारबाटै बेइमानी भएको छ । यद्यपि सुरुबाटै प्रदेश सरकारले सरकारी लिखत गरि बार्षिक उपलब्ध गराउने रकमको बिषय बजेटमै उल्लेख गरिदिनुपर्नेमा पहिलै लापरवाही गरियो । पहिले गरिएको कमजोरीका कारण अहिले प्रादेशिक अस्पतालले रकम नपाउने अवस्था देखिएको छ । अस्पतालको सटर व्यवस्थापन गर्दा बार्षिकरूपमा ६ करोड प्रदेश सरकारबाट शोधभर्ना दिने भनिएको कुरा अब प्रदेश सरकारले बिर्सदै गएको छ । फलस्वरूप यो बर्ष अस्पतालले एक रूपैयाँ पनि पाएको छैन । प्रदेश सरकारबाट शोधभर्ना दिने भनिएको उक्त रकम प्राप्त नभएकोले यथाशिघ्र उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पतालले माग गरेको छ तर प्रदेश सरकारले बेवास्ता गरिरहेको छ । दैनिक हजारौ विरामीको उपचार हुने यो अस्पतालप्रति प्रदेश सरकारले बेइमानीपूर्ण छलछाम गरेको छ । ठूलो रकम अस्पतालमा प्राप्त नहुँदा करार सेवाका कर्मचारी लगायतको व्यवस्थापन गर्नको लागि अप्ठ्यारो परेको छ । अस्पतालले सटरबापत बार्षिक करिव ६ करोड बढी रकम आम्दानी गर्दै आएको थियो । त्यतिमात्रै होइन प्रदेश सरकारले अस्पतालको उत्तरतर्फको सटर हटाएर ब्लड बैंक निरको खाली जग्गामा लुम्बिनी ट्रेड कम्प्लेक्स बनाउने भनेपनि यसमा कुनैपनि काम हुन सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालको बिस्तृत गुरुयोजना अनुसार काममा ढिलाई भैरहेको छ । यसप्रति प्रदेश सरकारमात्र होइन संघीय सरकारको समेत ध्यानाकर्षण हुनु जरुरी छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बर्तमान स्वरूपमा आउन यसका संस्थापकहरूको धेरै ठूलो सहयोग कहिल्यै बिर्सन सकिदैन । अस्पतालमा अहिले सयौं चिकित्सक, स्वास्थ्यकर्मी सहित आठसय बढीले रोजगारी पाएका छन । हजारौं विरामीको जीवन बचाउने आस्थाको केन्द्र बनेको छ । तर, अस्पतालजस्तो अत्यन्त सम्बेदनशील क्षेत्रमा झेल हुने काम भएको छ । प्रदेश सरकारको बार्षिक बजेट ४० अर्ब छ । तर, प्रदेश सरकारले अस्पतालजस्तो अति सम्बेदनशील क्षेत्रमा बार्षिक ६ करोड रूपैयाँ उपलब्ध गराउन आलटाल गर्नु चिन्ताको बिषय हो । प्रदेश सरकारले चाहेकै हो भने मन्त्रिपरिषद निर्णयबाट उक्त रकम उपलब्ध गराउन सक्छ । तर, प्रदेशका स्वास्थ्य मन्त्री लिखित सम्झौता नभएको कारण रकम उपलब्ध गराउन समस्या भएको गुनासो गर्नु सुहाउँदैन । यद्यपि मन्त्री खनालले अस्पतालका लागि आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यो खुसीको कुरा हो । अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन नदिने प्रतिवद्धता मन्त्रीबाट आएको छ । नेपाली मात्र नभई विदेशीहरू समेत उपचार गर्न आउने थलोको रूपमा अस्पतालको विकासमा प्रदेश सरकारले खुट्टा नकमाओस् । अस्पतालको गुरुयोजना अनुसार भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको अवस्थामा यो अस्पताल नेपालकै ठूलो अस्पताल बन्ने भएकोले अस्पताललाई सुविधा सम्पन्न बनाऔं । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामात्र होइन गण्डकी प्रदेशको केही जिल्लाका विरामीको उपचार गर्ने केन्द्रको रूपमा यसको विकासमा अव पछाडी फर्किने अवस्था नआओस् । त्यसका लागि फेरीपनि प्रदेश सरकारले आफ्नो प्रतिवद्धता कार्यान्वयन गरोस् । संघीय सरकारले समेत यो अस्पतालको क्षमता बृद्धिमा ध्यान पु¥याओस् । अस्पतालमा बन्न लागेको १० तले भवनको लगानी सुनिश्चितता होस् । भोलीका दिनमा लगानीको अभावमा काम नै रोकिने अवस्था आयो भने यो अस्पतालको नियती पनि बुटवल नारायणगढ सडकको जस्तै हुनेछ । तसर्थ अहिले नै लगानी सुनिश्चितताको ग्यारेण्टी होस् । अस्पतालजस्तो सम्बेदनशील क्षेत्रमा कुनैपनि मानेमा निर्माणमा ढिलासुस्ती नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?