ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
विवादित बन्दै लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलन :

मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

बुटवल, १७ फागुन । लुम्बिनीमा यही फागुन अन्तिममा हुने भनिएको लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलनप्रति सत्तारुढ दलका नेताहरुबाटै गम्भीर प्रश्न र आशंकाहरु निरन्तर आउन थालेका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको जोडबलमा सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पारित भएपनि प्रदेश सभालाई पर्याप्त जानकारी नगराई यो कार्यक्रम गर्न लागिएको भन्दै सत्तारुढ दलका नेता र विपक्षीबाट गम्भीर प्रश्न उठेका हुन् । प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर (बसन्त) ले अन्तर्राष्ट्रिय महत्वको यो कार्यक्रम नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र नेपाली नागरिकको सर्वोच्चतालाई कतैबाट पनि आँच नआउने ग्यारेन्टी गरिनुपर्दछ भनेका छन् । यस विषयमा मुख्यमन्त्री कत्तिको गम्भीर हुनुहुन्छ भनेर सभामुख घर्तीले प्रश्न गरेका छन् ।

यस्तै सम्मेलनमा सहभागी हुने नोबेल पुरस्कार विजेताहरुको नामावली सञ्चारमाध्यमबाट थाहा पाइएको भन्दै मुख्यमन्त्री चौधरीलाई घुमाउरो पाराले दरिलो ब्यङग्य गरेका छन् । सभामुखको भनाईको तात्पर्य सम्मेलनमा को को आउंदैछन् भन्ने विषय प्रदेश सभालाई पर्याप्त जानकारी नगराइएको र एकैचोटी मिडियाबाट थाहा पाउनुपरेको भन्ने हो । यस्तै सभामुखले कार्यक्रमको नाम अंग्रेजी भाषामा लोरेट्स एण्ड लिडर नै किन राखियो ?, उद्घाटनको मिति तिब्बती धर्मगुरु दलाई लामाले चीन विरुद्ध विद्रोह गरेकै दिनलाई किन रोजियो भन्ने प्रश्न गरेका छन् । शुरुमा शिखर सम्मेलन मार्च १० देखि १२ सम्म अर्थात फागुन २७, २८ र २९ गते गर्ने तयारी थियो । तर दलाई लामाले विद्रोह गरेको दिनमा कार्यक्रम उद्घाटन हुने जानकारीले छिमेकी देश चीन सशंकित भएर नेपालका प्रधानमन्त्रीलाई गम्भीर चासो राखेपछि सम्मेलनको मिति मार्च ११–१२ बनाइएको हो ।

सभामुख घर्तीले प्रदेश सरकारको आयोजना एवं व्यवस्थापनमा हुने भनिएको महत्वाकांक्षी अन्तर्राष्ट्रिय महत्वको कार्यक्रमको रणनीतिक महत्व र उपादेयताबारे सामान्यतया सम्पुर्ण नेपालीलाई र विशेषत लुम्बिनी प्रदेशबासीलाई प्रष्ट र स्पष्ट जानकारी हुन जरुरी रहेको सवाल पनि उठाएका छन् । सभामुख घर्तीले मुख्यमन्त्रीले चलाखीपूर्ण तरिकाले साढे ६ करोड वजेट विनियोजन गरेको यति ठूलो शिखर सम्मेलनमा यसको विषय वस्तु केवल बालबालिका र शान्ति मात्र किन राखियो ? यससंगै प्रदेशलाई आत्मनिर्भर बनाउन सकिने खालका पर्यटकीय महत्वको र औद्योगिक महत्वको विषय किन राखिएन भन्ने प्रश्न पनि तेर्साएका छन् ।

सभामुखले सम्मेलनको प्रमुख पाहुना को हो ? कसले उद्घाटन गर्ने हो ? नेपालका सम्माननीय ज्युहरुबाट वा विदेशी महामहिमबाट भन्ने प्रश्न पनि गरेका छन् । विश्वशान्तिको अग्रदुत गौतम बुद्धको जन्मभूमि नै महाशक्ति राष्ट्र अमेरिकाको रोजाई किन र कसरी भयो ? यसको सामरिक महत्व के कति हुन्छ ? कार्यक्रमको रणनीतिक महत्वबारे मुख्यमन्त्रीले आफ्नै प्रदेशका राजनीतिक दलका नेताहरु, बुध्दिजीवि, सामाजिक र आर्थिक अभियन्ताहरु र स्वयं प्रदेशसभाका माननीय सदस्यलाई कत्तिको महत्व बोध गराउनु भएको छ भन्ने प्रश्न पनि गरेका छन् । यस्तै लोरेट्स एण्ड लिडर्स कार्यक्रमको रणनीतिक र सामरिक महत्वबारे मुख्यान्त्रीले सदनमा औपचारिक जानकारी दिनु भएको छ कि छैन ? यदि यी विषयहरु छुटेको अनुभूति हुन्छ भने बेलैमा सुझबुझ पुर्ण कदम चाल्नुहोला भन्ने सुझव समेत सभामुखले दिएका छन् ।

सभामुखले कार्यक्रमको पारदर्शिता र मितव्ययिता हुनुपर्ने सवाल पनि उठाएका छन् । राज्यको सार्वजनिक सम्पत्ती लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरु जवाफदेहिता, पारदर्शिता, सामरिकता, वैधानिकता र मितव्यिता हुन् भन्ने सभामुखले मुख्यमन्त्रीलाई सचेत गराएका छन् ।
सभामुखले जस्तै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित चौधरी, नेकपा एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले पनि यो सम्मेलनबारे मुख्यमन्त्रीले प्रदेशसभालाई गुमराहमा राखेको भन्दै असन्तुष्टी जनाएका छन् । यो विषयमा भोलि बस्ने प्रदेश सभामा मुख्यमन्त्रीसंग स्पष्ट जवाफ मागिने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?