ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

प्राविधिक शिक्षाः प्रदेशका शिक्षालयमा छैनन् विद्यार्थी

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

फाल्गुन, रोल्पा
रोल्पामा प्राविधिक शिक्षा प्रति आकर्षण घट्दै जान थालेको छ । स्थानीय स्तरमा चाहिने प्राविधिक जनशक्ति स्थानीय स्तरमा नै उत्पादन गर्ने भन्दै संचालन गरिएका ती शिक्षण संस्थाहरू रित्तिन थालेका छन । पालिकाहररुले प्राविधिक विषय पढ्न सक्ने गरि तल्ला कक्षाका विद्यार्थीमा लगानी नगरी, माथिल्लो तहका शिक्षण संस्था खोल्न प्रतिस्पर्धा गरेकाले यस्तो अवस्था आएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को आंगिक शिक्षालयको रूपमा रहेको रोल्पा प्राविधिक शिक्षालयको चालु शैक्षिक सत्रमा पहिलो वर्षको कक्षामा कृषि तर्फ ११ जना, भेटेरिनरी तर्फ ३५ जना र आईटी तर्फ २५ जना विद्यार्थी भर्ना भएका छन । त्यहाँ कृषि र पशु तर्फ ४०/४० जना र आइटी तर्फ ४८ जनाको कोटा निर्धारण गरिएको छ ।
जिल्ला सदरमुकामको बालकल्याण मावि लिवाङमा संचालित सिभिल ईन्जिनियरिङको डिप्लोमा तहको पहिलो वर्षमा २२ जना मात्र विद्यार्थी भर्ना भएका । उक्त विषय अध्ययनका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ । त्रिवेणी गाउँपालिका ५ जुगारमा रहेको जनजागृती माविले यस वर्ष डिप्लोमा तहको पशु विज्ञानमा भर्ना लिएन । उक्त विद्यालयमा पहिलो वर्ष २२ जना, दोश्रो वर्ष २९ जना, तेश्रो वर्ष १९ जना र चौथो वर्ष २१ जना भर्ना भएका थिए । प्राविधिक विषयको पढाइ चलाउन गाह्रो भयो, विद्यार्थी कम हुदै गए विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारीले भने ।
त्रिवेणी गाउँपालिका २ नुवागाउमा रहेको अरनिको माविमा डिप्लोमा ईन प्लान्ट साईन्स पढाइ हुन्छ । यहाँबाट हाल सम्म २ वटा व्याचले पढाइ सकेका छन् । अहिले पहिलो, दोश्रो र तेश्रो वर्षमा गरि ६५ जना विद्यार्थी छन । यहाँ १२० जना विद्यार्थीले पढ्न पाउँछन् ।
परिवर्तन गाउँपालिका ५ रांकोटमा रहेको नेपाल राष्ट्रिय माविले प्लान्ट साईन्स, वन विज्ञान र भेटेरिनरीमा डिप्लोमा तहको पठन पाठन गर्दै आएको छ । सो विद्यालयमा पहिलो, दोश्रो र तेस्रो वर्षमा प्लान्ट साईन्समा २० जना, भेटनरीमा ६५ जना र वन विज्ञानमा १६ जना विद्यार्थी छन । उसले यस वर्ष प्लान्ट साईन्स र वन विज्ञानमा भर्ना लिएन । परिवर्तन गाउँपालिका २ रांसीमा रहेको जनसेवा माविले डिप्लोमा तहमा वन विज्ञान र सिभिल ईन्जिनियरिङ पढाउन सम्वन्धन पाए पनि । विद्यार्थी नभएकाले यी दुवै विषयको पढाइ भएको छैन ।

प्री डिप्लोमा झन समस्यामा
मध्यम खालको प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले प्री डिप्लोमा तहको पठन पाठन सुरु गरेको थियो । सुरुमा २९ महिने उक्त कोर्ष अहिले १८ महिने वनाइए पनि रोल्पामा त्यस कोर्षमा पनि आकर्षण देखिएको छैन । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माविले सिभिल ईन्जिनियरिङ विषयमा प्री डिप्लोमा संचालन गरेको छ । ४० जना विद्यार्थी पढाउने गरि कोटा निर्धारण भएको सो विषय अध्ययनका लागी यस वर्ष सो विद्यालयमा २० जना मात्र विद्यार्थी भर्ना भएका छन ।

रोल्वाङ मावि जेल्वाङले लाईभ स्टक प्रोडक्सन एनिमल साईन्स पढाउदै आएको छ । उ संग यस वर्ष ४० वटा कोटा मध्ये ३७ जना भर्ना भएका छन । ३ जना सिटिईभिटिले पठाउने भएकाले हामीले भर्ना लिएनौ विद्यालयका प्रधानाध्यापक हिमलाल पोख्रेलले भने ।
भेटरिनरीमा प्री डिप्लोमा तहमा पठनपाठन गराउदै आएको परिवर्तन गाउँपालिका ५ स्थीत नेपाल राष्ट्रिय मावि मौलावोट रांकोटले यस वर्ष उक्त विषयमा भर्ना लिएन । उक्त विषय अध्ययन गर्ने विद्यार्थी नभएपछि विद्यार्थी भर्ना नगर्ने निर्णय लिएका हौ विद्यालयका प्रधानाध्यापक गोपाल केसीले भने । परिवर्तन गाउँपालिका वडा नं. २ मा रहेको जनसेवा मावि रांसीले प्रीडिप्लोमा तहमा कम्प्युटर ईन्जिनियरिङ पढाउदै आएको छ । यस वर्ष उक्त विद्यालयमा २० जना विद्यार्थीले मात्रै पठन पाठन गर्दै आएका छन ।

कक्षा ९—१२ प्राविधिक धारमा पनि घट्दो आकर्षण

रोल्पाका करिव आधा दर्जन विद्यालयहरूले कक्षा ९—१२ मा प्राविधिक विषय पढाउँदै आएका छन । परिवर्तन गाउँपालिका ५ मौलावोट रांकोटले कृषि विषयमा उक्त कक्षा संचालन गर्दै आएको छ । हरेक कक्षामा ४८ जना विद्यार्थी हुनु पर्नेमा उ संग अहिले कक्षा ९ मा ४६, कक्षा १० मा ३६, कक्षा ११ मा १५ र कक्षा १२ मा १२ जना विद्यार्थी छन ।

(हेर्नुहोस् तालिका नं. १)
गंगादेव गाउँपालिकाको वुद्धि विकास मावि रांकले कक्षा ९—१२ मा कम्प्युटर ईन्जिनियरिङ विषय पढाउदै आएको छ । सो विद्यालयमा हाल कक्षा ९ मा ३०, कक्षा १० मा १४, कक्षा ११ र ३२ र कक्षा १२ मा ३२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन ।
रुन्टीगढी गाउँपालिकाको भीमसेन मावि सैवाङले कक्षा ९—१२ मा बाली विज्ञान पढाउदै आएको छ । सो विद्यालयमा हाल कक्षा ९ मा २८, कक्षा १० मा २२, कक्षा ११ मा १९ र कक्षा १२ मा ९ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन ।
थवाङ गाउपालिकाको वीरवलभद्र मावि थवाङले कक्षा ९—१२ मा बाली विज्ञान पढाउदै आएको छ । सो विद्यालयमा हाल कक्षा ९ मा ३३ जना, कक्षा १० मा ३६ जना, कक्षा ११ मा १९ जना र कक्षा १२ मा ७ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन ।
माडी गाउँपालिकाको कृष्ण मावि घर्तीगाउँले कक्षा ९ देखी १२ सम्म बाली विज्ञान पढाउदै आएको छ । सो विद्यालयमा यस वर्ष कक्षा ९ मा २८, कक्षा १० मा ३१, कक्षा ११ मा ११ र कक्षा १२ मा ३४ जना विद्यार्थी रहेका छन । सुनिलस्मृती गाउँपालिकाको सूर्योदय मावि सुलिचौरले कक्षा ९—१२ मा कम्प्युटर ईन्जिनियरिङ विषय पढाउदै आएको छ । २ वर्ष अघि देखी सो विषय पठनपाठन सुरु गरेको सो विद्यालयमा अहिले कक्षा ९ मा ३७ र कक्षा १० मा ३८ विद्यार्थीले अध्ययन गर्दै आएका छन ।
छात्रवृत्तीले पनि बढाएन आकर्षण
“रोल्पा नगर, एक घर एक रोजगार” नारा दिएर रोल्पा नगरपालिकाले शुरु गरेको प्राविधिक छात्रवृत्तीमा विद्यार्थीको आकर्षण देखिएको छैन । रोल्पामा सुरुमा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ती उपलव्ध गराउदै आएको सो नगरपालिकाले वितेका ६ वर्षमा ६०० जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ती वितरण गर्ने लक्ष्य राखेपनि यस अवधिमा जम्मा ३२६ जनाले मात्रै सो छात्रवृत्ती लिए । नगरपालिकाले छात्रवृत्तिअन्तर्गत शिक्षण संस्थाहरूले लिने सम्पुर्ण शुल्क व्यहोर्ने गर्दछ । रोल्पा नगरपालिकाले यसै वर्ष देखी एमविविएस र अन्य प्राविधिक विषयमा स्नातक तह अध्ययन गर्नका एक छात्र र एक छात्रालाई छात्रवृत्ती दिने भएको छ । माडी गाउँपालिकाले ३ जना विद्यार्थीहरूलाई एच.ए र कृषि डिप्लोमा अध्ययन गर्नका लागी शतप्रतिशत छात्रवृत्ती उपलव्ध गराउने भएको े छ । परिवर्तन गाउँपालिकाले एमविविएस अध्ययनका लागी कुल लागतको ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कृषि तथा पशु तर्फको उच्च शिक्षा अध्ययनमा ५० प्रतिशत छात्रवृत्तीको व्यवस्था गरेको सो गाउँपालिकाले विज्ञान पढ्ने ३० जना विद्यार्थीलाई पनि छात्रवृत्ती दिने भएको छ ।
त्रिवेणी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालयम पढाइ हुने डिप्लोमा तहको कृषि अध्ययनका लागि छात्रवृत्ती उपलव्ध गराउने भएको छ । खेतीयोग्य जमिन तथा पशुपालनको समेत राम्रो संभावना रहेको उक्त गाउँपालिकाले सुरुवात गरेको कृषि र पशु प्राविधिक अध्ययनले समग्र जिल्लाको विकासमा टेवा पुग्ने गाउपालिका अध्यक्ष कर्ण वाँठामगरले वताए । गाउँपालिकाले प्राविधिक शिक्षाका लागि २ वटा विद्यालयलाई १४ लाखका दरले सहयोग गर्ने गरेको छ ।
परिवर्तन गाउँपालिका ५ रांकोटले कृषि डिप्लोमा अध्ययनका लागि ५ जना विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरेको छ । सो वडाले प्रति विद्यार्थी ४५ हजारका दरले छात्रवृत्ती दिईरहेका छ । सोही गाउँपालिकाले एकजना विद्यार्थीलाई एमविविएस अध्ययनका लागि ५० लाख छात्रवृत्ती दिने भनेको छ, तर छात्रवृत्ती लिने विद्यार्थी पाएको छैन ।
प्रदेश भरि विजोग

लुम्बिनी प्रदेशका प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूले धमाधम प्राविधिक विषयका कक्षा वन्द गर्न थालेका छन । प्रदेश भित्र प्रि डीप्लोमा तहमा १ सय १० वटा शिक्षण संस्थाहरूले कार्यक्रम संचालन गर्दै आएकोमा ५१ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन । वन्द हुनेमा सवभन्दा बढि कृषि तर्फका प्री डिप्लोमा कक्षा चलाउने शिक्षण संस्था छन ।
कृषि तर्फको प्लान्ट साईन्स प्रि डिप्लोमा १३ वटाले कार्यक्रम वन्द गरेका छन भने ३१ वटा मात्रै चालु अवस्थामा छन । शैक्षिक सत्र २०७९ मा १ हजार २४० विद्यार्थी पढाउने क्षमता भएपनि २ सय १४ जना मात्र विद्यार्थी भर्ना भएका थिए । यस्तै भेटरिनरी साईन्स तर्फ पनि ७ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन भने १० वटा मात्रै चालु अवस्थामा छन । उक्त विषयमा ४०० जना विद्यार्थीको कोटा रहेपनि जम्मा ९८ जना मात्रै भर्ना भएका हुन  । यस्तै सिभिल ईन्जीनियरिङ्ग तर्फ पनि १६ वटा शिक्षण संस्थाको कार्यक्रम बन्द छ । हाल संचालनमा रहेका २३ वटा शिक्षण संस्थामा ९ सय २० जना विद्यार्थी भर्ना गर्ने क्षमता भएपनि २ सय ५२ मात्रै भर्ना भएका छन । यस्तै सर्भे ईन्जीनियरिङ्ग तर्फ पनि ८ वटामा पढाइ बन्द छन भने चालु रहेका ९ वटामा ३६० जना विद्यार्थीले पढ्न पाउने कोटा रहेकोमा १७६ जना मात्रै भर्ना भएका छन ।
यस्तै कम्प्युटर ईन्जिनिरिङ्ग तर्फ पनि ७ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन भने संचालनमा रहेका ९ वटा शिक्षण संस्थामा ३६० विद्यार्थी बढ्न पाउने कोटा रहेकोमा १८३ जना मात्रै भर्ना भएका छन । प्रदेश भित्र शैक्षिक सत्र २०७९ मा प्रीडिप्लोमा तहको प्राविधिक धार तर्फ भर्ना गर्न सकिने कुल क्षमता ४ हजार ५ सय ६० विद्यार्थी रहेपनि १ हजार ५८८ विद्यार्थी मात्रै भर्ना भएका थिए । प्रीडिप्लोमा तहमा वितेका तीन वर्ष भर्ना गर्न मिल्ने कोटा र खुद भर्ना भएका विद्यार्थीका विवरण यहाँ प्रस्तुत गरिएको छ ।

 

(हेर्नुहोस् तालिका नं. २)
यी विषयका साथै प्रदेशका विभिन्न शिक्षण संस्थाहरूले इयर्लि चाईल्ड डेभलवमेन्ट फेसिलिटेशन, इलोक्टोनिक्स ईन्जिनियरिङ, ईन्फरमेसन टेक्नोलोजी, मेकानिकल ईन्जिनियरिङ, रिफ्रेजिङ एण्ड एसी ईन्जिनियरिङ, होटेल मेनेजमेन्ट, कम्प्युटर एप्लीकेशन र उद्यम विकासको समेत पठन पाठन गर्ने गरेका छन । प्रदेशका निकै कम शिक्षण संस्थाले मात्रै यी विषय पढाउने गरेका छन । यी विषयमा समेत विद्यार्थी संख्या निकै कम रहने गरेको पाइएको छ ।
डिप्लोमा तहमा पनि उस्तै
डिप्लोमा तर्फ पनि कुल १९० शिक्षण संस्थाले कार्यक्रम चलाएकोमा १०२ शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन । प्रदेश भरका यी शिक्षण संस्थामा डिप्लोमा तहमा ७ हजार ९ सय ९० विद्यार्थी भर्ना गर्न सकिने क्षमता भएपनि जम्मा ४ हजार ३ सय ६८ जना मात्रै भर्ना भएका छन । डिप्लोमा तर्फ सिभिल ईन्जीनियङ्गका ३१ वटा, सिएमएलटीका १६ वटा, प्लान्ट साईन्सका १९ वटा, एनीमल साईन्सका १३ वटा, फोरेष्टीका ६ वटा शिक्षण संस्थाले कार्यक्रम बन्द गरेका छन । वितेका तीन वर्षमा प्रदेश भित्र संचालित प्राविधिक शिक्षालयहरूमा डिप्लोमा तहमा भर्ना गर्न मिल्ने क्षमता र भर्ना भएका विद्यार्थीको विवरण यस्तो रहेको छ ।

(हेर्नुहोस् तालिका नं. ३)

ईन्जिनियरिङ, कृषि, पशु र वन विज्ञानको तुलनामा मेडिकल साईन्स तर्फ विद्यार्थी बढी आकर्षित छन् । प्रदेश भित्र विभिन्न शिक्षण संस्थाहरूले मेडिकल साईन्स अन्तरगत रेडियोग्राफी, जनरल मेडिसिन, ल्याव्रेटोरी टेक्नोलोजी, नर्सिङ र फार्मेसी विषय पढाउदै आएका छन । मेडिकल क्षेत्रमा लुम्विनी प्रदेश भित्र वितेका तीन वर्ष भर्ना गर्न मिल्ने कोटा र भर्ना भएका विद्यार्थी संख्या यस प्रकार रहेको छ ।
(हेर्नुहोस् तालिका नं. ४)
प्रदेशका केही शिक्षण संस्थाहरूमा आँखा, आर्किटेक, इलेक्टीकल, इलेक्टोनिक्स, मेकानिकल, रेफ्रीजीरेटर एण्ड एसी, फुड एण्ड डेरी टेक्नोलोजी, होटल मेनेजमेन्ट लगायतका विषयमा पनि पढाई हुने भए पनि विद्यार्थी ज्यादै थोरै छन् ।
अहिले शैक्षिक सत्र २०८० को भर्ना कार्यक्रम सकेर रजिष्टेसन काम जारी रहेको छ । यस वर्ष भर्ना भएका विद्यार्थीको फाल्गुनको अन्तिमतिर सम्पूर्ण विवरण आउने सिटिभिटि वुटवल कार्यालयले जानकारी दिएको छ । यस वर्ष पनि विद्यार्थीहरू थोरै भएको सिटिईभीटी लुम्बिनी प्रदेश कार्यालयका प्रवक्ता तेजप्रताप दुवेले बताए । बालि विज्ञान त करिव करिव वन्द हुने अवस्थामा छ दुवेले भने । सूचना अधिकारी दुवेका अनुसार ईन्जिनियरिङ ठिकै ठिकै अवस्थामा चलिरहेको छ ।
कार्यक्रम संचालनको लागी सम्भाव्यता अध्ययन विना नै हचुवाको भरमा कार्यक्रम स्वीकृती दिदा यस्तो अवस्था भोग्नु परेको दुवेले वताए । गाउँका विद्यार्थीलाई गाउँमै रोक्नका लागी पालिकाहरूले विशेष पहल गर्नु पर्नेमा गाउँका विद्यार्थी पनि शहर केन्द्रीत हुदा ग्रामीण भेगमा रहेका प्राविधिकि शिक्षण संस्थाले यो हवितग व्यहोर्नु परेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?