Butwal Today

गणपतिको सातौ शाखा योगीकुटीमा

१६ फाल्गुन २०८०, बुधबार
अ+
अ-

बुटवल, १६ फागुन ।

बुटवलमा गणपति मिष्ठान्न भण्डारको ब्रान्ड बनाएको चेन विजनशे कम्पनीका ६ जना सञ्चालकहरुको लगानीमा सातौ शाखा योगीकुटीमा शुभारम्भ हुने भएको छ । योगीकुटी शाखाको बिहीवार एक कार्यक्रमका विच बुटवल उपमहानरापलिका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्ने छन् । १ करोड ५० लाख रुपैयाँ लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा अहिले बुटवल लगायत मुर्गीया, मणिग्राम, ट्राफिक चौक, मिलनचौक, देवीनगर लगायतका स्थानमा शाखा स्थापना भएका छन् ।

बुटवलमा आज भन्दा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यी शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई विक्रि हुदै आएका छन् । जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको अध्यक्ष नारायण केसीले जानकारी दिए ।

योगीकुटी शाखामा गणपतीको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।

योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।