ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

एमाले सल्यानमा अहिले के पाकिरहेको छ ?

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

शुरुमै प्रष्ट पारुँ, एमाले सल्यानमा अहिले केही पाकिरहेको छैन । पकाउनलाई जोरजुलम हुँदैछ । टोली जुट्दैछ । कसैले दाउराको जोहो गर्दैछन् । कसैले खाने सरसामानको । कसैले भाँडाकुँडा जुटाउदैछन् त कसैले बस्ने ठाउँको बन्दोबस्त गर्दैछन् त कसैले आगो सल्काउनको लागि तम्तयार हुँदैछन् । सबैभन्दा खुशीको कुरा एमाले सल्यान लामो निद्राबाट भने ब्यूँतिएको छ ।

विशाल संभावना बोकेको पार्टी नेकपा फुट्थ्यो कि फुट्दैन्थ्यो यसै भन्न सकिदैन तर जसरी तिव्र गतिमा अन्तरसंघर्ष चर्किएर छिट्टै फुट्यो त्यसमा सल्यानले भूमिका खेल्यो । प्रकाश ज्वाला त्यसका खलपात्र बने । आफ्नो राजनैतिक जीवनमा ठूलो रिस्क मोले र पार्टीबाट बाहिरिए । विडम्बना पार्टी अन्तरसंघर्षमा ज्वालालाई धुलो चटाएको जिल्लाको शक्तिशाली टिम हाईसुक्क मानेर लामो समय निदायो । सायद सुखको र जितको अभिनय गर्याे । विभाजनको बेला ध्रुवीकरणमा जति यो पंक्तिले ध्यान दिनुपथ्र्याे दिएन । विभाजन पछिको पार्टीभित्रको विभिन्न विचार प्रवृत्तिको व्यवस्थापनमा पनि सृजनशिलता अपनाएन र त्यसपछिका स्थानीय, प्रदेश र संघीय चुनावमा पनि गम्भीरता देखाएन । लामो लडाइँपछि थकाइ मारेको त्यो पंक्ति अब बिस्तारै आँखा खोल्दैछ र देख्दैछ व्यक्ति बाहिरिदैमा प्रवृत्ति सकिदो रहेनछ । एकमना भएर नपुग्दो रहेछ । मदन भण्डारीको राजनीतिमा थकाइ भन्ने कुरा हुँदैन भन्ने भनाइलाई सायद जिल्लाको नेतृत्व पंक्तिले बल्ल बुझ्दैछ र आत्मसात गर्दैछ ।

सल्यानमा सूर्य चिन्हमा छाप हान्ने अथवा एमाले समर्थित जनता कति छन् भनेर जान्न समानुपातिक मत हेरे पुग्छ । अहिले पनि सर्वाधिक सल्यानी जनताले मन पराउने पार्टी भनेको एमाले हो । जनताको नजरमा सबैभन्दा लोकप्रिय पार्टी बनेको एमाले सल्यान आन्तरिक जीवनमा भने अस्तव्यस्त छ । जनवर्गीय संघ संगठनमा को छन्, के हुँदैछ र के गर्दैछन् पार्टी नेतृत्व बेखबर छ । वडा, पालिका र क्षेत्रका पार्टी संगठनहरुका गतिविधि ठप्प छन्, वातावरण सुनसान छ । जिल्लामा पार्टीका कार्यक्रम हुन छाडेको धेरै भयो । जिल्ला कमिटीका साथीहरुको देखादेख नभएको पनि महिनौँ भइसक्यो । सल्यानमा पार्टी खोज्दै आउने जनता र नेता खोज्दै आउने कार्यकर्ताले देख्ने भनेकै त्यो बन्द कार्यलयको रातो घर हो । हात लाउने भनेकै निराशा हो । सबैभन्दा बढी संकोच त त्यो बेला हुन्छ जिल्लाका अधिकांश सरकारी कार्यालय र संघसंस्थाका कार्यक्रमहरु पार्टी प्रतिनिधि बिहिन हुन्छन् । स्थानीय चुनावमा पार्टी नराम्ररी पराजित भयो नेता कार्यकर्ता ब्यूँतिएनन् । प्रदेश र संघीय चुनावमा पार्टीलाई लज्जास्पद परिणाम हात लाग्यो तरपनि जिल्लाको नेतृत्व र कार्यकर्ता पंक्ति ब्यूँतिएन । प्रदेश अधिवेशनमा पनि जुन जुझारु एकता र सकृयता प्रदर्शित हुनपथ्र्याे, भएन । जब आफ्नै अस्तित्व संकटको घण्टी बज्यो सायद भालेको डाँको सँगै ब्यूँतिने गृहणी जस्तैः एमाले सल्यानका नेता कार्यकर्ता आँखा मिच्दै हातखुट्टा टेक्दै भित्ताभित्तामा छामछाम छुमछुम गर्दै बाटो पहिल्याउँदै छन्, जो पार्टीको लागि सकारात्मक कुरा हो ।

जिल्ला अधिवेशनको मिति नतोकिदै खास मुद्दा र विषय सहितको बहस अहिले नै छेडि नहालौँ तर समय अगावै भन्दा फरक नपर्ने केही कुरा भनिहालौँ । राजनीतिमा विचार, सिद्धान्त, नीति, कार्यक्रम, लक्ष्य, रणनीति मुख्य कुरा हुन् तर जब संगठनको कुरा आउँछ त्यहाँ प्रधान भूमिका नेतृत्व र त्यसको पहलकदमीको हुन्छ । कैयौंपटक प्रमाणित भइसकेको कुरा हो, सिद्धान्त र विचार, कार्यक्रम र रणनीति अधिकांश कार्यकर्ताले व्यवहारमा बुझाए मात्र बुझ्छन् भने जनताले परिणाम हात परे मात्र । नेतृत्वको कुशल व्यवस्थापन र साहसिक निर्णयले आम कार्यकर्तामा सकारात्मक प्रभाव परे पार्टी स्वतः सांगठनिक रुपमा बलियो हुन्छ । जब नेतृत्व पुरानै मानसिकतामा हुन्छ कार्यकर्ताको उत्साह त घट्छ नै, जनउभार हेर्दाहेर्दै हराएर जान्छ । तसर्थ नेतृत्व हुनेले, भविष्यमा हुने आकांक्षा राख्नेले समयमै बुझ्नुपर्छ जनसमर्थनको भेललाई सक्षम नेता कार्यकर्ताको मेलले मात्र बाटो देखाउन सक्छ । नेतृत्व प्रदान गर्न समर्थ हुन्छ ।

सल्यानको एमाले समर्थित जनताको विशाल पंक्तिलाई निराश बनाउँदै तितरबितर पारेर आआफ्नो दुनो सोझ्याउन लागिपरेको अन्य वामपन्थी कम्युनिस्ट पार्टी र तिनका नेता कार्यकर्ताहरु अहिले सल्यानका बस्ती बस्तीमा सकृय छन् । पार्टी नेतृत्व पंक्तिले बुझोस् हामीले पहिलो ठूलो गल्ती नेकपा विभाजन पछिको जिल्ला अधिवेशनमा गर्याैँ र त्यसको सजाय र क्षति तिनै तहका चुनावमा पाइसक्यौँ, भोगिसक्यौँ । अब आउँदो अधिवेशनमा त्यो गल्ती दोहोर्याउने छुट हामी कसैलाई छैन । अपार जनमत भएर पनि तिनै तहका चुनावमा लज्जास्पद हार किन बेहोर्नुपर्याे ? पटकपटक देशकै नेतृत्व गरिसकेका केन्द्रीय नेतृत्वहरुले राम्रोसँग बुझेका छन्, चाहे जिल्लाको जोकोही नेता कार्यकर्ता उनको अगाडि हात जोडेर जस्तोसुकै कारण सुनावस्, जेसुकै आरोप प्रत्यारोप लगाओस् र जतिसुकै तितो चुक्ली हालोस् ।

अन्तमा, निश्चय नै अब छिट्टै जिल्लाका गाउँबस्तीमा पार्टीको आन्तरिक जीवनमा पर्व जस्तै मानिने अधिवेशनको चहलपहल बढ्नेछ । विगतको गम्भीर समीक्षा, वर्तमानको विवेकी निर्णय र भविष्यको अपार सफलताको लागि सम्पूर्ण एमाले सल्यान जुट्दैछ र अभियानमा हिड्दैछ । सफलताको शुभकामना ।

आगामी दिनमा बहसको लागि फेरि फेरि आउने गरी अहिलेलाई यत्ति नै । धन्यवाद ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सल्यानका सचिवालय सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?