Butwal Today

मासिंदै प्राचीन कुवा

१४ फाल्गुन २०८०, सोमबार
अ+
अ-

नवलपुर, १४ फागुन ।

पुर्वी नवलपरासी जिल्लाको पहाडी क्षेत्रमा सयौं वर्ष अगाडि बनेका प्राचीन कुवाहरु बिस्तारै लोप हुन थालेपछि यसको संरक्षणमा स्थानीयबासी जुटेका छन् ।

जिल्लाको पहाडी गाउँपालिकामा जताततै रहेका प्राचीन कुवाहरु अहिले कति त हराईसके भने कति लोप हुने अवस्थामा रहेका छन् भने कतिपयको स्थानीयले संरक्षण शुरु गरेका छन् । डाडाँझेरी रामकोटका स्थानीय गुुन्ज बहादुुर आले मगरले भने, “रामकोटमा रहेको प्राचीन कुवा सय बर्ष भन्दा पूरानो रहेको र पहिले जस्तो अहिले नभएको र बिस्तारै लोप हुन थालेपछि स्थानीय रुपमा संरक्षणमा जुटेका छौं ।”

पहिले पहिले खानेपानीको अवस्था नाजुक हुँदा कुवाको पानी खान बाध्य हुनुपथ्र्यो तर अहिले जताततै धारा बनेपछि कुवाको पानी खान छाडेपछि यो लोप हुने खतरा बढदै् गएको आलेले बताए । प्राचीन कालमा यस्ता कुवाहरु क्रषि मुनि, देव देवताहरुले प्रयोग गरेको बताइन्छ र उनीहरुले यस्ता कुवामा स्नान गर्ने, पानी खाने र सबै नित्य कामका लागि समेत कुवाको प्रयोग गर्ने गरेको बिश्वास गरिन्छ ।त्यसैले पनि यसको संरक्षणमा सबैले लाग्न सक्नुपर्ने बुलिङटारका प्रेमबहादुुर थापा मगर बताउँछन् ।

पहाडी क्षेत्रमा जताततै भेटिने प्राचीन कुवाको संरक्षणमा स्थानीयबासी संगसंगैं स्थानीय निकायले समेत रकम बिनियोजन गरेर यसको संरक्षणमा लागेका थुप्रै उदाहरण समेत भेटिन्छन् । स्थानीय डाँडाझेरीका प्रेमसिंह लुुगेँली मगरले भने, “प्राचीन कुवा लोप हुन दिनु हुँदैन यसको संरक्षणमा सबैले ध्यान दिनुपर्दछ ।”

अहिलेको अवस्थामा प्राचीन कुवाहरुमा पानी सुक्दै जान थालेको र त्यसको संरक्षणमा स्थानीयबासी चनाखो हुनुपर्ने डाँडाझेरीका टिकाराम मगर बताउँछन् । “पहिले पहिले यस्ता कुवामा पानी राम्रो जम्मा हुन्थ्यो तर अहिलेका दिनमा कुवामा पानी सुक्न थालेको र यसको संरक्षणमा नलाग्ने हो भने प्राचीन कुवाहरु लोप हुँदै जान सक्छन्”–उनले भने ।

प्राचीन कुवाहरुको विशेष महत्व रहेको कोटथरका समाजसेवी चेसराम आले मगर बताए । उनका अनुसार यस्ता कुवाहरु देवी देवताको बास गर्ने स्थान भएकाले पनि यसको संरक्षण आवश्यक रहेको हुन्छ । जिल्लाको पहाडी गाउँपालिका बुुलिङटार र बौदीकालीमा झण्डै एक सय भन्दा बढी प्राचीन कुवा मध्ये आधा त हराईसके बाँकी बचेका आधा पनि समयमै संरक्षण हुन नसक्ने हो भने ती पनि हराउँदै जाने आलेमगर बताउँछन् ।

कुवामा पानी रहँदा वर्षा समयमा हुने र जोखिम पनि कम हुने खेती किसानलाई फाईदा पुग्ने भएकाले पनि कुवाको संरक्षणमा लाग्नु पर्नेमा स्थानीयको चासो समेत बढेको बुुलिङटार ४ का वडाध्यक्ष मिनबहादुुर आले मगर बताउँछन् । वडाले अहिले प्राचीन कुवाको संरक्षणमा सहयोग गर्न थालेको छ ।