ट्रेंडिंग:

>> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान 

प्रदेशिक अस्पतालको योजनाबारे विष्णु पौडेलले भने–कुनै बहानामा विलम्ब नहोस्

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

बुटवल, १४ फागुन ।

पुर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सोमबार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिंदै पौडेलले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शैय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “यो वा त्यो बहानामा आयोजना निर्माणमा ढिलाई गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलन्टियरली खटिन तयार छौं ।”

यस क्षेत्रका उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेशसभाका सदस्यलगायत पार्टीका नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले यो जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम सुरु गर्न पनि आग्रह गरे । “५ वर्षे अवधिको लागि क्यालेण्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिकस्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस्”–पौडेलले भने ।

रुपन्देहीमा यति ठूलो बजेट आकारको आयोजना अरु कुनै नभएको भन्दै पुर्व अर्थमन्त्री पौडेलले प्रदेशले अगाडि बढाएको यो आयोजनालाई संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि समेत आफूले पहल गर्ने बताए । “प्रदेश सरकारले पनि यो आयोजना त्यत्तिकै अगाडि बढाएको होइन, यसका लागि ठूलो पापड बेलिएको छ, यसमा कहीं कतैपनि चलखेल नगरीकन काम सम्पन्न होस् भन्ने यहाँका नागरिकको चाहना छ”–उनले भने । आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले यो आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको पनि बताए ।

“व्यवस्था परिवर्तनपछि नागरिकले आफ्नो जीवनमा परिवर्तन खोजेका छन्, त्यो शिक्षा र स्वास्थ्यमा हुने परिवर्तनले मात्र सम्भव छ”–उनले भने ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो ।

यस क्षेत्रको एक सय १४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल योजना बनेको लामो समयपछि निर्माणको बाटो खुलेको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत नयाँ भवनको निर्माण कार्य अगाडि बढेको हो । अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्ड सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्ड सहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्ने भएको छ ।


बुटवल उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कट्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर छविराज पोखरेलले बताए ।

हालको तीन सय (समितिबाट थप भएका समेत गरी ५ सय) शैय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार २०० शैय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पतालमा स्तरोन्नती गर्ने प्रस्ताव गरिएको इन्जिनियर पोखरेलको भनाई छ ।

विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि नै गुरुयोजना बनाएको थियो । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

प्राधिकरणले चरणबद्ध निर्माणमा आधुनिक स्वास्थ्य उपचार सुविधासहित १२ सय शैय्याको अस्पताल निर्माण गर्ने प्रस्ताव गरेको र सबै प्रक्रिया पूरा भएर निर्माण कार्य सुरु हुने चरणमा पुगेको इन्जिनियर पोखरेलले बताए । एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै खाले सुविधासहितको विशेष अस्पताल भवन निर्माणको प्रस्ताव गरिएको पोखरेलले बताए ।

पहिलो चरणमा अस्पतालको सबैभन्दा पुराना भवन र संरचनाहरू हटाइने छ । जोखिमरहित तरिकाले उपचारमा कुनै डिस्टर्व नहुने गरी पुराना संरचनाहरूलाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए ।

यो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नै समन्वय गरेर हटाउने तयारी थालेको थापाको भनाई छ । उनले पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई बार बन्देज गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रुखहरूका बारेमा पनि सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको डाक्टर थापाको भनाई छ ।

नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । साथै विशिष्टिकृत ग्याष्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन् ।

हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने थापाको भनाइ छ । भवनको माथि हेलिप्याडसमेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

पाँच वर्षमा २०८५ साल पुसमा निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता भएको हो । अहिले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी फिल्डमा आइसकेको छ ।

अस्पताल भवन निर्माणको शिलान्यासका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारसँग समन्वय गरिरहेको प्राधिकरणका साइट इन्जिनियर रमेश शर्माले बताए । मातहतका प्रमुखहरूसँग आवश्यक परामर्श र समन्वय भइरहेको बताउँदै प्रक्रिया पूरा गरेर शिलान्यास गरिने,’ इन्जिनियर शर्माले बताए ।

अस्पतालमा अहिले तीन सय बेडको सरकारी र एक सय बेड समितितर्फ गरी चार सय बेड स्वीकृत भएको भए पनि पाँच सय २४ बेड सञ्चालनमा रहेको छ । अस्पतालमा बहिरङ्ग सेवाहरूमा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोग सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले बताए।

लुम्बिनी प्रादेशिक ४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?