Butwal Today

लुम्बिनी प्रादेशिक अस्पतालमा वृहत रक्तदान

११४ औ वार्षिकोत्सबमा ११४ जनाले गरे रक्तदान
१३ फाल्गुन २०८०, आइतबार
अ+
अ-

बुटवल, १३ फागुन । लुम्बिनी प्रदेशिक अस्पतालको आयोजनामा ११४ औ वार्षिकोत्सब समारोह २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । आईतबार अस्पताल परिसरमा गरिएको रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, बिरामीका कुरुवा, सर्वसाधारण समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा १ सय १४ युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक सत्यराज शाक्यले बताए । स्वयंसेवी रक्तदाताहरुको घुइचोका बिच रक्तदान गरिएको उनले बताए । पछिल्लोसमय रक्तदान गर्ने काममा युवाहरु बढी रहेको उनले बताए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुदर्शन थापाले रक्तदाता दयासागर पन्थीलाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गरेका थिए । कार्यक्रममा मेसु डा थापाले रगत र रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र र अस्पतालको संयुक्त प्राविधिक सहयोगमा भएको रक्तदान गरिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?