ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

देवदह नगरपालिका घुम्ती सेवा : एक अनुभव अनेकौ अनुभूति

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

विषय प्रवेश :

सेवा प्रवाहलाई वडा कार्यालय र नगरपालिकामा सीमित नगरी सबै वडा कार्यालयहरुमा घुम्ती सेवा मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका लागि घुम्ती सेवा कार्यक्रमको सुरुवात गरिएको हो । कार्यालयबाट तुलनात्मक रुपमा टाढा रहेका समुदाय वा सेवाग्राही, कुनै कारणले सार्वजनिक सेवा प्राप्त गर्न कठिनाई भोगिरहेका सेवाग्राही, तुलनात्मक रुपमा पिछडिएका क्षेत्रको वर्गका सेवाग्राही । घुम्ती सेवा सामूहिक वा अलगअलग रुपमा सञ्चालन गर्ने गरी संयोजन गर्नु पर्नेछ । बमोजिम घुम्ती सेवा सञ्चालन गर्नुअघि त्यस्तो सेवा प्राप्त गर्ने लक्षित वर्गलाई जानकारी हुने गरी सूचना सम्प्रेषण गर्नुपर्ने । घुम्ती सेवा सञ्चालन सम्बन्धी प्रतिवेदन त्यस्तो सेवा सञ्चालन गरी कार्यालयमा फर्केको मितिले सात दिनभित्र तयार पार्नुपर्ने हुन्छ ।

घुम्ती सेवाको पूर्व तयार ःघुम्ती शिविरको मोडालिटी तय गर्नको लागि श्री काशिनाथ बन्जाडेको संयोजकत्वमा इन्दिरा भुषाल, प्रविन गौडेल, सुस्मिता गौतम सदस्य रहेको कार्यदल बनाइएको थियो । सो समितिलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (संशोधन सहित)को ५.३.५अनुसार नगरपालिकाको सेवा प्रवाहमा घुम्ती सेवाको प्रयोग गर्नु पर्ने प्रावधान रहेको हुँदा २०८०।१०।२५ गते भित्र घुम्ती सेवामा दिइने सेवा र मोडालिटी तय गरी पेश गर्नुहुन मिति २०८०।१०।२२ गतेको निर्णयानुसार जिम्मेवारी दिइएको थियो । सूचनाको तयारको जिम्मेवारी स्थानीय संचार माध्यमलाई दिइएको थियो भने नगर प्रहरीबाट सो सूचनाको लगातार दुईदिन सम्म प्रचार प्रसार गरिएको थियो ।

घुम्ती सेवाको नतिजा :

देवदह नगरपालिका रुपन्देहीद्वारा वडा नं. ११ को वडा कार्यालयलाई केन्द्र विन्दू बनाएर एक दिने एकीकृत घुम्ती सेवा सम्पन्न गरियो । सो घुम्ती सेवामा वडा नं १, २, ११ र १२ का स्थानीय नागरिकहरुलाई सेवा लिनको लागि आव्हान गरिएको थियो । उक्त घुम्ती सेवा नगर प्रमुख धुव्रप्रसाद खरेलले शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रमुख प्रशासकीय अधिकृतले प्रकाश पार्नु भएको थियो । घुम्ती सेवामा उपस्थित सेवाग्राहीहरुलाई उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले स्वागत गर्नुभएको थियो । ११ नं. का वडा अध्यक्ष दुधनाथ यादवले स्थानीय भाषामा सेवाग्राहीलाई प्रदान गरिने सेवाका विषयमा आवश्यक जानकारी प्रदान गर्दै धैयतापूर्क लाइनमा बसेर सेवा लिन सुझाउनु भएको थियो । नगर प्रमुख धुव्रप्रसाद खरेलले देवदह नगरपालिका भित्रका विभिन्न वडाहरुमा यस प्रकारका घुम्ती सेवा संचालन गरी नागरिकलाई घरदैलोमा सेवा पुर्याईने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले घुम्ती सेवामा खटिएका सबै जनप्रतिनिधि एवं कर्मचारीहरुको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझै सृजनशील भएर काम गर्न निर्देशन दिनु भएको थियो । सो घुम्ती सेवामा स्वास्थ्य तर्फ ४१२ (स्वास्थ्य सेवा –१७१, आंखा जाँच–५५, आर्युवेद –६१, आधारभूत ल्याव –१२५) कृषि सेवा ७२, पशु सेवा ९६, नक्सा पास परामर्श २५, रोजगार सेवा २५ गरी ६३० जनाले सेवा लिनु भएको थियो । देवदह नगरपालिकाले ११ शाखाद्वार प्रदान गरिने सेवालाई घुम्ती सेवामा समावेश गर्ने लक्ष्य लिएकोमा आज ९ वटा शाखाहरुबाट प्रदान गरिने सेवाहरुलाई मात्र संचालनमा ल्याइएको थियो । घुम्ती सेवाको टिम लिटर काशिनाथ बन्जाडले गर्नुभएको थियो । कार्यक्रममा खाना, खाजा, पानी, चिया, कुर्ची, स्टेशनरी कर्मचारी यातायात खर्च लगायतका शीर्षकमा करिब ९० हजार खर्च हुने अनुमान रहेको छ । खर्चको सबै विवरण प्राप्त भएपश्चात खर्च सार्वजनिक गरिने छ । देवदह नगरपालिका स्थापना भएपश्चात पहिलो पटक एकीकृत घुम्ती सेवा संचालन गरिएको हो । स्थानीय तहले आफूलाई व्यवस्थित बनाउँदै यसप्रकारका सेवाहरु नागरिकको घरदैलोमा पुगेर दिनुपर्ने माग स्थानीय सेवाग्राहीहरुको रहेको थियो । सेवा प्राप्त भएपश्चात सेवाग्राहीहरुले स्थानीय सरकारको खुलेर प्रशंसा गरेका थिए । घुम्ती सेवामा नगरपालिकाको समग्र सेवा प्रवाहको गुणस्तरको बारेमा प्रश्नावली तयार पारेर सेवाग्राहीहरु मार्फत सेवाको सन्तुष्टि मापन गरिएको थियो । नगरपालिकाले वेवसाइट मार्फत घुम्ती सेवाको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

निष्कर्ष :

स्थानीय तहहरुले विमानस्थल बनाउने नभई नागरिकलाई घरदैलोमा पुगेर आधारभूत सेवा वितरण गर्नुपर्दछ । सरकारी सेवा सरलीकरण गर्नका लागि ठोस पहल गर्नु पर्दछ । सेवा प्रवाहका आवश्यक प्रक्रियागत जालो र कर्मचारीको चिरचिराहवटयुक्त व्यवहारमा परिवर्तन गरिनु पर्दछ भन्ने अनुभूति घुम्ती शिविरले दिएको छ । देवदह नगरपालिकाले नगरभित्रको सबै बाटो कालोपत्रे गरेर सक्दैन तर सबै नागरिकको घर घरमा पुगेर सुगरर प्रेसर जाँच, ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्ग परिचय पत्र वितरण गर्न नागरिको स्वास्थ्य जाँच निशुल्क औषधी वितरण गर्न सक्छ । वडागत रुपमा योजनाहरुको सम्झौता गरदिने, सेवाग्राहीका गुनासा सुन्ने मनन गर्न सक्छ भन्ने भन्ने अनुभूति गरियो । घुम्ती शिविरको दृश्य साँच्चै नै भावुक थियो । किनकी सीमान्तकृत समुदायहरुको पहुँच अझै पनि स्थानीय सरकारमा पुगेको छैन । सथानीय सरकारको स्रोतमा पनि इलाइटहरुको पकडमा रहेको देखाउँछ । नागरिकलाई सेवा दिउँ उनीहरुको सेवामा समर्पण बनौ भन्ने भाव इच्छा शक्ति हुने हो भने सबै वडमा पुगेकर सेवा प्रवाह गर्न सकिन्छ । चिल्ला र मिठा कुरा बसेर मात्र अब नागरिकले पत्याउनेवाला छैनन् । नागरिकहरु बढी नै निराश रहेका छन् । नागरिकको निरासालाई तोड्नको लागि स्थानीय सरकारको बजेट वितरण प्रक्रिया, सोंच चिन्तन र कार्यशैली परिवर्तन गर्नु जरुरी छ । सबै भन्दा बढी जेष्ठ नागरिकहरु नै सेवा लिन आउनु भएको थियो । सेवाग्राहीको विद्यमान अवस्थाले नागरिकलाई के चाहिएको छ र हामीले के गरिराखेका छौ भन्ने प्रष्ट भएको छ । बजेट कहाँ कसरी विनियोजन गरिएको छ । यो सानो झलक मात्र हो । हाम्रो बजेट विनियोजन र बजेट वितरणले ती सिमान्तकृत नागरिकहरुलाई छुन सकेको छ वा छैन एकपटक चिन्तन गरौ । नागरिकका सानासाना कामहरु पनि हामीले सम्पादन गर्न नसकिरहेको अवस्थालाई घुम्ती शिविरले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?