ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कुण्डली

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बिहे भएर घरमा भित्रिएको दुई वर्ष पनि पूरा नहुँदै अदितीलाई लोग्नेले धोका दियो । बिदेसिएको लोग्नले पैसा पठाउला र घर टालटुल गरूँला भन्दै बसेकी अदितीका मनमा आठ–नौ महिनासम्म लोग्नेको कुनै खबर नआउँदा चिसो पसिसकेको थियो । पुरानो फोन लाग्दैन, चिठीका जमाना छैनन्, बोलेर चित्त बुझाउने सन्तान पनि छैनन् र पनि सम्हालिएकी थिई ऊ ।

अम्मरे डाम्नो आधा भाडा बचाउने बहानामा लिभिङ टुगेदर भन्दै विदेसी युवतीसँग बसेको थियो । समुद्रपारिको यस्तो घटनामा विचरी अदिती बेखबर थिई । उसले खबर नपाए पनि उसका आफन्त र छिमेकीले गाइँगुईँ गरिसकेका थिए । एक दिन फोटै देखाइदिएपछि विचरीको मनै भाँचियो । घृणा भरियो पुरानो प्रेमप्रति । त्यसैले, च्यातेर फाली बिहेका फोटा अनि पुछिदिई सिन्दुर पनि सधैंका लागि ।
एक वर्ष त जेनतेन कटाई । अर्को वर्ष भने गाउँलेले उसलाई एक्लै बस्न दिएनन् । बरू उनीहरूको सल्लाह मान्न अनुरोध गरे । गाउँलेको कुरो राम्रै लाग्यो उसलाई पनि । भर्ती भएर पल्टनमा भएका बेला श्रीमती भागेर पोइल गएपछि एक्लिएको छिमेकी दलेलाई उसले राम्ररी चिनेकी थिई । छुट्टीमा आएको मौका छोपेर सबै मिली गाउँलेहरूले दले र अदितीको बिहे गरिदिए ।

बिहेपछि दले छुट्टीमा आयो र दुईचार दिन बसेर गयो । वर्ष दिन पुग्दा पनि सन्तान हुने अत्तोपत्तो थिएन । हिजो गुन गरेका तिनै छिमेकीले अदितीलाई ‘बाँझी’को संज्ञा दिँदै दलेको कान भरिदिन थाले । बल्लतल्ल मिलेको सुख फेरि खोसिने डर थपियो अदितीका मनमा । फुटेको कर्म जबर्जस्ती जोडेको भएर हो कि भन्ने चिन्ता बढ्यो । निराश अदितीले जोगी, बाबा, सन्त, पण्डित जो भेटिन्थे, सबैलाई सोध्थी आफ्नो कर्मका विषयमा । सबैले निरास पारिदिन्थे उसलाई ।

कुण्डलीमा एक्लिनुपर्ने ग्रह छ भनेपछि उसलाई साँचो हो कि जस्तो पनि लाग्थ्यो । हुन त दलेले कहिल्यै नराम्रो गरेको थिएन तैपनि सन्तान नभएका कारण अरूका कुरा सुनेर धपाउने पो हो कि भन्ने लाग्थ्यो उसलाई । एक्लै बस्न कति गाह्रो हुन्छ, आफन्तले कति हेप्छन् भन्ने उसलाई मात्रै थाहा थियो । त्यसैले धीत मर्नेगरी रुने गर्थी एकान्तमा ।

पारिको गाउँमा बस्ने मनोपरामर्शदाता नवीनले यो जोडीको बेथा र सन्तान नहुनाको कारण राम्ररी बुझेको थियो । यो निःसन्तान दम्पती कसैका कुरा सुनेर फेरि एक्लिने पो हुन् कि भन्ने चिन्ता पयो उसलाई । पात्रोसमेत हेर्न नजान्ने आफ्नै मावलीबालाई यो समस्या बतायो । त्यसपछि नातिबाजे मिलेर सुन्दर योजना बनाए ।

योजनाअनुसार दले र अदिती घरमै भएको मौका पारी ती मावली बा पहेँलो वस्त्र धारण गरी जोगीजस्तै बनेर उनीहरूका आँगनमा टुप्लुक्क आइपुगे र भिक्षा मागे । अदितीले दिल खोलेरै भिक्षा दिई । जोगीबाले ‘ल बालिके अबको एक वर्षपछि तेरो काख भरिन्छ’ भनेर आशीर्वाद दिए ।
अदिती गदगद् भई । खाटमा बसेको दलेले पनि यो कुरा सुन्यो । उसले जोगीसँग ‘हामीले केही गर्नुपर्छ कि गुरु ?’ भन्ने प्रश्न तेर्स्यायो । जोगीबालाई उपाय बताउने मौका मिल्यो । लगातार दुईवटा पूर्णिमामा दम्पतीले सँगसँगै पूजा गर्नुपर्ने उपाय दिए जोगीबाले । थप बक्सिसको उपहार हात पारी जोगी बा आफ्नो बाटो लागे ।

दलेले एक महिनाको छुट्टी बढायो । शुद्ध शाकाहारी भोजन ग्रहण गरी दुईवटा पूर्णिमा अवधिभर सँगै रहेर पूजा गरे दुवैले । अदितीको मासिक धर्मपछिका पूरै दिनहरू दुवैले खुसीमा बिताए । दले परदेश पुगेको एक महिनामै अदितीले आफ्नो महिनाबारी रोकियो भन्ने खुसीको खबर सुनाई । दले धेरै खुसी भयो । यता नवीनका नातिबाजे भने उनीहरूको योजनाले त्यो दुःखी अदितीको कुण्डली बदल्न सकेकोमा मख्ख थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?