Butwal Today

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट ४६ जना विद्यार्थीलाई छात्रवृत्तिसहित सम्मान

१२ फाल्गुन २०८०, शनिबार
अ+
अ-

बुटवल,१२ फागुन । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत एवं स्नातक तह अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको कार्यक्रममा नव आगन्तुक दुई सय ६७ विद्यार्थीलाई स्वागत तथा विविएस, विएचएम र बिआईएमका ४६ जना विद्यार्थीलाई छात्रवृतिसहित सम्मान तथा पुरस्कृत गरेको हो । कलेजले विविएस र विएडका ४ जना ,बिएचएम र बिआइएमका ४२ जना गरि ४६ जना विद्यार्थीहरुलाई जनही चार हजार पाँच सयदेखि एक लाख ६० हजारसम्मको छात्रवृति प्रदानसँगै सम्मान तथा पुरस्कृत गरिएको कलेज प्रमुख मनोज मरासिनीले जानकारी दिए । उनले कलेजबाट उत्कृष्ट नतिजा ल्याएका तथा नेपाल प्रथम र लुम्विनी प्रदेश प्रथम भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको बताए । उनले विद्यार्थीलाई अध्ययनमा थप हौसला र प्रोत्साहन दिनका लागि छात्रवृति सहित सम्मान गरिएको बताउनुभयो । नेपालको लुम्विनी प्रदेशमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन पाउने एक्लो संस्था भएको र नेपालमै उत्कृष्टता हासिल गर्ने संस्थाका रुपमा अक्सफोर्डले आफ्नो नाम स्थापित गर्न सफल बनेको क्याम्पस प्रमुख मरासिनीको भनाई छ ।
यस्तै कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष तथा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले शैक्षिक गुणस्तरीयतालाई थप मजवुद गराउन तथा ब्यवहारिक शिक्षामा विद्यार्थीलाई अब्बल बनाउनका लागि संस्थागत विद्यालयहरुले ठुलो योगदान दिदै आएको बताए । उनले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै अक्सफोर्डले यसलाई अवलम्वन गर्दै आएको बताए । कार्यक्रममा अक्सफोर्ड कलेज संचालक समितिका अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, संचालक लिलावल्लभ पाण्डे, रामलाल जोशी, अक्सफोर्ड माविका सहप्राचार्य मोहन क्षेत्री, पुर्व विद्यार्थी गोकर्ण खरेल, उषा राना, विद्यार्थी अनिता खवास, आस्था क्षेत्री, अनुष्का केसी, दिक्षा भट्टराई, लक्ष्मी थापा लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत ,सम्मान र पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मन्तव्य दिएका कार्यक्रम संयोजक तथा प्राध्यापक विष्णुप्रसाद खनालले जानकारी दिए । कलेजमा विविएस, विएचएम, बिएड र बिआईएमका कार्यक्रमहरु संचालन रहेको प्राध्यापक सन्तोष पौडेलले जानकारी दिए । संस्थाले विद्यालय तहमा पनि त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र छात्रवृत्ति दिने गरेको शिक्षक लक्ष्मण घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?