ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

विवाहेतर सम्बन्धले बढाउँदै अपराध

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं सितापाइलामा बुधवार श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । काजीले पत्नी ईश्वरी श्रेष्ठ ‘विवाहेत्तर सम्बन्ध’ मा रहेको कुरा हत्यापछि रेकर्ड गराएको भिडियो बयानमा उल्लेख गरेपछि पछिल्लोसमय सितापाईला घटनामात्र होइन, देशका धेरै स्थानमा विवाहेतर सम्वन्ध अपराधको मूख्य कारण बन्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाण्डौंले समेत हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको देखिएको भन्दै अनुसन्धान त्यसतर्फ मोडेको छ । सितापाईलाको घटनामात्र होइन, कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मीको हत्या पनि विवाहेतर सम्वन्धकै कारण भएको खुलेको छ । मृतक कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतक कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए । घटनाको अनुसन्धान अझै हुँदै गरेको भएपनि उक्त हत्याका पछि पनि विवाहेतर सम्वन्ध मूख्य कारण देखिएको छ । पछिल्लोसमय विवाहेतर सम्वन्धले हत्याको घटनामा आकस्मिकरुपमा बृद्धि गरेको छ । काठमाण्डौं र कपिलवस्तुका साथै दाङ, दिपायल, धनगढी लगायतका स्थानमा विगत एक महिनाको अवधीमा भएका हत्याका घटनामा मूख्यतया विवाहेतर सम्वन्ध प्रमुख कारक देखिएको छ । यी हत्याका घटना अत्यन्त क्रुर छन । विवाहेतर सम्वन्धले घरमात्रै होइन, परिवार र समाजलाई कति असर पु¥याउँछ भन्ने कुरा पछिल्ला उदाहरण काफी छन । निश्चितरुपमा मानव पछिल्लोसमय क्रुर बन्दै गएको छ । मानिसमा दया, माया र करुणा हराउँदै गएको छ । अर्कोतर्फ यस्ता घटनाका पछि सामाजिक सञ्जालको बढ्दो प्रयोग देखिएको छ । सामाजिक सञ्जालको विगत एक महिनायताको घटनाक्रम नियाल्ने हो भने नेपाली समाज डरलाग्दो अपराध र बिदु्रपतातर्फ अघि बढ्दैछ भन्ने पुष्टी हुन्छ । सामान्य निहुँमा मानिसको अस्वाभाविक तबरले हत्या भएका छन । मानिसलाई मानौं कुनै दया माया नै छैन जस्तोगरी बिद्रुपता प्रकट भैरहेको छ । चाहे त्यो बलात्कार, घरेलु हिंसा र कुनै निहुँमा गरिएको बदलाको स्वरुप नै किन नहोस् ।

त्यसैगरी तराईका क्षेत्रमा पछिल्लोपटक भएको हिंसा सम्वन्धि सर्वेक्षणले महिलाहरु हिंसाको डरलाग्दो चक्रमा फस्नु परिरहेको तथ्याँक सार्वजनिक भएको छ । पुरुष प्रधान हाम्रो समाजमा महिलाको स्थिति अझैपनि दयनीय अवस्थामा रहेको छ । र, पछिल्लो सर्वेक्षणले गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वासले मानिस विवस र निरिह भएर वाँच्न बाध्य भएको देखिएको छ । महिलामाथि जघन्य प्रकारका अपराध हुन थालेका छन । त्रासमा पिल्सिएका महिला घरेलु हिंसाको चरम यातना त छँदैछ, त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा परेका छन् । दण्डहीनताको संस्कृतिले जरो गाड्दै गएको कारणले गर्दा नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकता बढ्दै छ । अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति न राज्य न त कसैको ध्यान जान सकेको छैन । अपराध मनोबृत्ति नियन्त्रणमा सरकारको अव गंभीररुपमा ध्यानाकर्षण हुनु जरुरी छ । जसरी अपराध मनोबृत्ति बढ्दै छ, त्यसले हाम्रो समाजलाई बिद्रुप अवस्थामा पु¥याएको छ । यसको मूख्य कारणको खोजी गर्नु अव जरुरी छ । समाजमा ब्याप्त अज्ञानता, अशिक्षामाथि बढ्दो हिंसात्मक रुप नियन्त्रणमा सामाजिक चासो र चिन्ता जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?