ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पञ्चैबाजा पढ्दै बिद्यार्थी…

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

लमही, ११ फागुन । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका रेशम बहादुर शाही र दयाराम थापाले पञ्चैबाजा संग्रहालयको कार्यालयमा पुगेका बिद्यार्थीहरूलाई राष्ट्रिय लोकबाजाहरूबारे बिस्तृत जानकारी गराउँदै थिए । नौमति बाजा र पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरूका बारेमा प्रत्यक्ष बजाएर तथा देखाएर ब्रिफिङ गर्दै गर्दा बिद्यार्थीहरू अनुशासित र मर्यादित ढंगले मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।

बुद्धज्योती उच्च माबिको कक्षा १० मा अध्ययनरत गढवा–६ हासिपुरका करिना जिएमले बुधवार पञ्चैबाजा तथा राष्ट्रिय लोकबाजा बारे संग्रहालयमै पुगेर पढ्न पाउँदा आफूलाई धेरैजानकारी भएको बताए । पञ्चैबाजा बजाएको त सुनेको थिए, निकै राम्रो लाग्थ्यो । प्रत्यक्ष बाजाका प्रकारहरू र अलग–अलग स्वरहरूका बारेमा पढ्न पाउँदा धेरै जानकार हुने अवसर मिल्यो उनले भने । नेपाली राष्ट्रिय लोकबाजा र पञ्चैबाजाका बारेमा संग्रहालयमा पढ्न गएका सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत बिद्यार्थी सुदन खत्री पनि पञ्चैबाजाको सुर–ताल र लयमा नाचेरै रमाए । राष्ट्रिय लोकबाजाका बारेमा प्रत्यक्ष देखेर र बजाएरै जान्न पाउँदा प्रत्यक्ष ज्ञान पाएको उनले बताए ।

सधैजसो कापी किताब बोकेर विद्यालयमा पढ्न जाने सो विद्यालयका ७२ जना बिद्यार्थीहरू लोकबाजा पढ्न गढवा स्थित पञ्चैबाजा संग्रहालयमा पुग्दा खुसीले प्रफूल्ति थिए । पञ्चैबाजाको सुर, ताल र लयलाई प्रत्यक्ष नियाल्न पाउँदा उनीहरूले बाजाका बारेमा धेरै ज्ञान भएको बताए । गढवा गाउँपालिकाले यसबर्ष देखि लागु गरेको स्थानीय पाठ्यक्रममा राष्ट्रिय लोकबाजाको च्याप्टर राखेर पठन–पाठन गराउन थालेपछि गढवाका सबैजसो बिद्यालयका बिद्यार्थीहरूमा चाँसो बढेको छ भने बिद्यालयहरूलाई पनि प्रयोगात्मक अभ्यास र सिकाई हुने थलो बनेको छ ।
पञ्चैबाजा र नौमतिबाजाका बारेमा विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाई उपलब्धिका लागि संग्रहालयमा लगिएको बिद्यालयका शिक्षक गोबिन्द पन्थीले बताए । बिद्यालयमा किताबको कोर्ष पढाएर मात्र बिद्यार्थीहरूलाई पुग्दैन त्यसैले फिल्डमै लगेर स्थलगत अध्ययन अध्यापनका लागि संग्रहालयमा पुगाएको उनले बताए ।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र आधिकारीक रूपमा बैधानिकता प्राप्त गरि संचालनमा आएको संस्था हो । यसले समाजमा हुने गरेका जातिय बिभेदको अन्त्य गर्ने, पञ्चैबाजा तथा नौमति बाजाको संरक्षण संबर्धन गर्ने, सामाजिक क्षेत्रमा हातेमालो गर्ने र स्थानीयलाई रोजगार प्रबर्धन गर्ने तथा निकट भविश्यमा बहुसांस्कृति लोकबाजा संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष रेशम बहादुर शाहीले बताए । सुरुवातमा गढवा गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट प्रेरीत भई बाजा बजाउने तालिम सिक्न थालेको र पछिल्लो चरणमा घरेलु तथा साना उद्योग कार्यालयको बजेटबाट थप तालिम र प्रबिधि प्राप्त भएपछि हाल नेपालका बिभिन्न जिल्लाहरूमा बाजा बजाउने स्वरोजगार तर्फ संस्थामा आबद्ध २८ जना कलाकारहरू तयार गरिसकेको अध्यक्ष दयाराम थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?