ट्रेंडिंग:

>> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा

किन पूरा हुन सकेन अर्गानिक कर्णाली योजना ?

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

सुर्खेत, ११ फागुन ।

कर्णाली सरकार गठन हुँदा सुरुवातमै लिएको नारा थियो ‘अर्गानिक कर्णाली’ बनाउने । तर, सरकार गठन भएको ६ वर्षसम्म उक्त नारा नारामा मात्र सिमित देखिएको छ । सुरुका वर्षहरुमा अभियान सञ्चालन भएतापनि पछिल्ला वर्षहरुमा सरकार सुस्ताएजस्तो देखिन्छ । योजना मात्र बनाउने तर कार्यान्वयनमा ध्यान नदिंदा सरकारका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् ।

२०७४ मा पहिलोपटक सरकार गठन हुँदा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्ने निर्णय समेत गरिएको थियो । ०७५÷७६ देखि नाकाहरूमा विषादी परीक्षणका लागि प्रयोगशाला भवन बनाउने तयारी थालियो । तर, प्रदेश भित्रिने मुख्य नाकामा तरकारी र फलफूलको विषादी प्रयोग गर्ने प्रदेश सरकारको योजना भने अझै पूरा भएको छैन ।

तरकारी तथा फलफूलजन्य वस्तु आयात तथा निर्यात हुने मुख्य नाकाहरू सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा प्रयोगशाला भवन निर्माण भइसकेका छन् । निर्माण सम्पन्न भइसकेका ती प्रयोगशाला भवनहरूमा विषादी परीक्षण भने सुरू भने हुन सकेको छैन ।

विशेषगरि जनशक्तिको अभावका कारण प्रयोगशाला सञ्चालनमा आउन नसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । प्रयोगशालाका लागि दरबन्दी नै थप्नुपर्ने कठायतको भनाई छ । ‘दुवै स्थानका प्रयोगशालाका लागि ७÷७ जनाको दरबन्दी आवश्यक पर्छ अनि प्रयोगशालालाई राम्रोसँग सञ्चालन गर्न सकिन्छ’ उनले भने, ‘प्रयोगशालामा मेसिन चलाउनुपर्ने काम भएकाले कर्मचारीहरुलाई तालिम पनि दिनुपर्ने हुन्छ ।’ कर्मचारी संगठन तथा व्यवस्थापन सर्भे (ओ एण्ड एम) स्वीकृत नहुँदा पनि समस्या देखिएको कठायतको भनाई छ ।

‘विषादी परीक्षणका लागि भनेर बनाइएका प्रयोगशाला भवन सञ्चालनका लागि हामीलाई सबैभन्दा समस्या भनेको दरबन्दीको हो, हामीसँग हाल भएका दरबन्दी अरू प्रयोगशालामै पुगेका छैनन्,’ उनले भने, ‘प्रयोगशालाकै लागि भनेर गएको आर्थिक वर्षमा पठाएको संगठन तथा व्यवस्थापन सर्भे (ओ एण्ड एम) स्वीकृत भएन, यो वर्ष फेरि प्रयोगशालासहित सबै कार्यालयको पुनः सर्भे गरी पठाएका छौं ।’

प्रयोगशाला सञ्चालनमा समस्या हुनुमा जनशक्ति अभावसँगै खरिद गरिएको विषादी परीक्षण मेसिन उपयुक्त नहुनु पनि हो । ‘ल्याएको मेसिन राम्रो नपरेको रहेछ यसलाई साटेर अर्काे ल्याउनुपर्ने हुन्छ’ मन्त्रालयका प्रवत्ता कठायतले भने, ‘त्यसकारण यो मेसिनलाई साटेर अर्काे ल्याउने तयारीमा छौ ।’

अर्गानिक प्रदेश घोषणा गर्ने योजना कार्यान्वयनमा सहयोग पुगोस् भनेर नै प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापनाको निर्णय गरेको थियो । प्रयोगशालाका लागि भौतिक संरचना निर्माण भए पनि सञ्चालनका लागि जटिलता देखिएको छ । प्रयोगशाला सञ्चालनमा आएमा विषादी नियन्त्रण गर्नमा सहज हुने प्रवक्ता कठायतको भनाई छ । आर्थिक वर्ष ०७८÷७९ मा निर्माण भइसकेको सल्यानको कपुरकोट र सुर्खेतको हर्रेका उक्त भवन कृषि निर्देशनालयले सम्बन्धित निकायलाई हस्तान्तरण भने गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?