ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

रोल्पाका तीन पालिकाको ‘संयुक्त फार्मेसी’

फार्मेसी संचालनको लागि हाल तीन वटा पालिकाले १०/१० लाख रूपैयाँको साझेदारी गर्ने निर्णय भएको सुनिलस्मृती गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।
१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

रोल्पा, १० फागुन । रोल्पाको तीन पालिकाले संयुक्त रूपमा फार्मेसी संचालन गर्ने भएका छन । रोल्पाको पूर्वी भेगमा रहेका सुनिलस्मृती गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाको संयुक्त बैठकले फार्मेसी संचालन गर्ने निर्णय गरेको हो । सुनिलस्मृती गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उक्त फार्मेसी संचालन गरिने भएको छ । फार्मेसी संचालनको लागी हाल तीन वटा पालिकाले १०/१० लाख रूपैयाँको साझेदारी गर्ने निर्णय भएको सुनिलस्मृती गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा हाल रोल्पाका सुनिलस्मृती गाउँपालिका सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका, थवाङ गाउँपालिका र रोल्पा नगरपालिकाका साथै प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका केही वडाबाट समेत नागरिकहरू सेवा लिन आउने गरेका छन । पूर्वी रोल्पाको व्यापारिक केन्द्रको रूपमा रहेको सुलिचौरमा नागरिकहरूको सहजताका लागि तीन वटा गाउँपालिकाको साझेदारीमा उक्त फार्मेसी संचालन गर्न लागिएको हो । सर्वसाधारण जनतालाई कम शुल्कमै औषधी उपलव्ध गराउने उद्देश्यले फार्मेसीको संचालन गर्न लागेका हौं सुनिलस्मृती गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले भने ।

हाल तीस लाख रूपैयाँको शेयर रहने उक्त फार्मेसी संचालनका लागि कार्यविधि तयारी समिति समेत गठन गरिएको छ । समितिमा सुनिलस्मृती गाउँपालिका अध्यक्ष संयोजक तथा लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिका अध्यक्षहरू सदस्य रहेका छन । ११ सदस्यीय उक्त समितिको अन्य सदस्यहरूमा तीन वटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर व्यवस्थापक समितिका अध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख, लुंग्री र सुनछहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरू रहेका छन । समितिको सदस्य सचिवमा सुनिलस्मृती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रहेका छन् ।

त्रिपालिका स्तरीय उक्त बैठकमा यस वर्ष सञ्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समीक्षा समेत गरिएको थियो । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्य पालिकाको तुलनामा भन्दा तीन वटा पालिकाको नतिजा कमजोर आएको थियो । आगामी दिनमा खेल क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत गहन छलफल भएको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले जानकारी दिए ।

बैठकले जिल्लाको साझा सवालको विषयमा जिल्लाका सबै स्थानीय तह तथा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा समन्वयात्मक वैठक गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ । जिल्ला स्तरीय उक्त समन्वयात्मक बैठकको आयोजनाका लागि समन्वय गरिदिन जिल्ला समन्वय समिति रोल्पालाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगर लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाको उपस्थिति रहेको थियो । बैठकमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई स्वास्थ्य शाखा प्रमुख मोतिम आलम, प्रशासकीय अधिकृत रनबीर बुढा, सहायक कम्प्युटर अपरेटर दुर्याेधन महराको सहभागीतामा उक्त निर्णय गरिएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?