ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

शान्तिको विकल्प छैन, युद्धविराम गर

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

विश्व अहिले मानव नरसंहारको घटनाबाट विक्षिप्त छ । विगत दुई बर्षदेखि जारी रस युक्रेन युद्धले विश्वलाई पीडा दिईरहेको बेला इजरायल र प्यालेस्टाइनबीचको अर्को युद्धले थप पीडा दिएको छ । शान्तिप्रेमी विश्व समुदायले युद्धको अन्त्य गर्न माग गर्दै शान्तिको आह्वान गरेका छन । रुस युक्रेन युद्धमा एक दर्जन बढी नेपालीहरूको ज्यान गएको छ । यो अत्यन्त दुःखद कुरा हो । नेपाली युवालाई अनेक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने काम भएको छ । जसको परिणाम नेपाली युवाहरू मृत्युको मुखमा पुग्न बाध्य भएका छन । उता इजरायल प्यालेस्टाइन युद्धमा बेपत्ता भएका नेपाली युवा विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । नेपाल सरकार उनलाई छुटाउन कुटनीतिक रूपमा असफल भएको छ । प्यालेस्टाइनको गाजा क्षेत्रमा अक्टोबर ७ देखि सुरु भएको नरसंहार रोकिने लक्षणसम्म पनि देखिएको छैन । प्यालेस्टाइनी लडाकु समूह इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का लडाकुले इजरायलभित्र घुसेर १४ सयको हत्या र सयौंलाई अपहरण गरेपछि भिडन्तको पछिल्लो शृङ्खला सुरु भएको थियो । सांगीतिक कार्यक्रममा रमाइरहेका इजरायलीमाथि हमास लडाकुले आक्रमण गरी नृशंस नरसंहार गरेलगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरेपछि गाजा क्षेत्र अहिलेपनि तनावमा छ । इजरायली सेनाले गैरसैनिक क्षेत्रमा आक्रमण गर्दा हजारौंको ज्यान गएको छ । मानव नरसंहार भएको छ । युद्धमा दुवै पक्ष दोषी छन । विश्वले अव युद्धविराम गर्नेतर्फ दुवै पक्षलाई दवाव दिनुपर्दछ ।

युद्धग्रस्त क्षेत्रमा पानीदेखि अन्न र इन्धनसम्म बन्द भएको र लगातार बमवर्षा गरिएकाले गाजा क्षेत्रमा अहिले ठूलो मानवीय संकट उत्पन्न भएको छ । कतारले दुवै पक्षलाई युद्धविरामका लागि आह्वान गरि वार्ता जारी राखेको छ तर पछिल्लोसमय इजरायलले नरसंहारलाई मलजल गरिरहेको छ । फलस्वरूप इजरायलको प्रमुख समर्थक मानिने अमेरिकाले समेत तत्काल युद्धविराम गर्न इजरायललाई सार्वजनिक आग्रह गरेको छ । संयुक्त राष्ट्र महासभाले पनि तत्काल युद्ध विरामको आह्वान गरेको छ । पछिल्लोपटक भिडन्त सुरु भएयता अहिलेसम्म २० हजारभन्दा बढी मानिस मारिएका छन् । गाजा क्षेत्रबाट लाखौं विस्थापित भएका छन् । सुत्केरीहरू मानव नरसंहारको शिकार भएका छन । बालबालिकाहरूको बिचल्ली भएको छ । गाजा क्षेत्रमा मानव नरसंहार चलिरहँदा विश्व समुदाय केवल विज्ञप्ती जारी गरेर युद्ध रोक्न आग्रह गरिरहेको छ । युद्ध रोक्न दुवै पक्षलाई कठोर चेतावनी नदिएसम्म अवस्था शान्तिपूर्ण हुने देखिदैन । युद्धकै क्रममा १० जना नेपालीको समेत ज्यान छ । हमासलाई ध्वस्त नपारी सैनिक कारबाही नरोक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको हठले मानवीय संकट गम्भीर हुँदै गएको छ ।
यस्तो नरसंहार एक्काइसौं शताब्दीको सभ्य मानव समुदायका लागि कुनैपनि अवस्थामा स्वीकार्य हुन सक्दैन । त्यसैले इजरायलले अहिले जारी राखेको गैरसैनिक क्षेत्रमा बम बर्साउने र निरपराध नागरिक मार्ने काम तत्काल रोकोस् । अकोतर्फ हमासले पनि बन्धक बनाइएकाहरूलाई तत्काल मुक्त गरेर वातावरण सामान्य बनाउन प्रयास गरोस् । मानव अधिकार तथा शान्ति समाजले पनि रुस युक्रेन र इजरायल प्यालेस्टाईन दुवै युद्ध तत्काल रोक्न आह्वान गरेको छ । शान्ति समाजले नेपालमा युद्ध रोक्न दवाव दिने उद्देश्यले प्रदर्शन गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको आह्वानको समेत युद्धरत पक्षले कुनै सुनुवाई गरेका छैनन् । आजको २१ औं शताब्दीमा युद्ध कसैका लागि पनि स्वीकार छैन । युद्धरत पक्षले बुझ्नुपर्दछ– शान्तिको विकल्प छैन । अब ढिलाई नगरि मध्यपूर्वमा शान्तिको कामना गर्दै युद्ध रोक्न दवाव दिनेतर्फ विश्व समुदायले गंभीर चासो देओस् । खासगरी शक्ति राष्ट्रहरू अमेरिका, बेलायत, जर्मन लगायतका देशले युद्ध रोक्नेतर्फ एकसाथ पहल र नेतृत्व गर्न अव ढिलाई गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?