ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

बालमैत्री पुस्तकालयको लहर

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

सल्यान, १० फागुन । बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले सल्यानका सामुदायिक बिद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाई तिब्रता दिइएको छ । चालू आर्थिक बर्षको हालसम्म जिल्लाका २४ सामुदायिक विद्यालयमा पुस्तकालय संचालनमा आएका छन् । जिल्लाका स्थानीय तह, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालमैत्री पुस्तकालय स्थापनाको अभियानलाई तिब्रता दिइएको हो ।

बुधबार मात्रै जिल्लाको बागचौर नगरपालिकामा ८ वटा बालमैत्री पुस्तकालय उद्घाटन भएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । सरस्वती माबि जामुनेचौर, अमरज्योती माबि, शिशु जागरण माबि खोरबारे, महेन्द्र माबि पिपलनेटा, सरस्वती आबि चिनाली, जनचेतना आबि दह, राष्ट्रिय आबि बैलडांडा र शिसुकल्याण आबि हारिचारमा बालमैत्री पुस्तकालय उद्घाटन गरिएको हो । २४ वटा विद्यालयमा पुस्तकालय उद्घाटन गर्दै बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले विद्यालयमा शैक्षिक गुणस्तर बढाउन पुस्तकालयको महत्वपूर्ण भूमिका हुने बताए ।

बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला रमाइला बालकथाका पुस्तक पढ्न पाउने, आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्न पाउने भएकाले शैक्षिक क्षेत्रमा यो निकै महत्वपूर्ण लगानी रहेको उनको भनाइ छ । पुस्तकालय उद्घाटन कार्यक्रममा विभिन्न बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष, शिक्षा शाखा तथा रुम टु रिड र दलित बिकास समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बालबालिकाको पढ्ने सीप र बानीको बिकास गरि स्वतन्त्र पाठक बनाउने उद्देश्यले नगरपालिकासंगको साझेदारीमा बालपुस्तकालय खोलिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत पोखरेलले जनाए । उनले भने, “कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने विभिन्न अध्यनले देखाएको छ । बालवालिकालाई आफ्नोस्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गर्नका लागि पुस्तकालय संचालनमा ल्याइएका हुन् ।”

यस अघि बागचौरकै दुर्गा सरस्वती माबिमा तथा छत्रेश्वरी र त्रिवेणि गाउँपालिकामा ६/६ वटा एवम दार्मा गाउँपालिकामा ३ वटा बाल पुस्तकालय संचालनमा आइसकेका छन् । बालचित्र, कथा लगायतका पुस्तक पढ्न पाउँदा स–साना विद्यार्थीमा पठनसीपको विकास संगै उनीहरूलाई अध्ययनशील पनि बनाउने भएकाले बालबालिकाहरूको व्यक्तित्व विकासमा बालपुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक टेकराज शाहीले बताए । सामुदायिक विद्यालयका बालबालिकालाई पुस्तकप्रेमी बनाउन अभिभावक सँगै स्थानीय तह, शिक्षक तथा विद्यालय व्यवस्थापक एवम् सरोकारवालाहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?