© 2026
नेपालगञ्ज, फागुन १० ।
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी नेपालगञ्जमा सुरु भएको छ । नेपाल सरका, गृह मन्त्रालयले गोष्ठीको आयोजना गरेको हो । गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन जरुरी रहेको बताए । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजा मूलक कार्यढाँचा बनाउन निर्देशक दिए । उनले भने, ‘ऋण लिएर ऋण तिर्दैनौं भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने, समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भावमा खलल पुर्याउने र समाजमा बिग्रह ल्याउनेप्रति चनाखो हुन निर्देशन दिए । वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको बाताए । साथै यो लक्ष हाँसिल गर्न स्थानीय प्रशासन र सुरक्षा ब्यवस्थाको प्रभावकारी परिचालनको नीतिसहित अगाडी बढेको उनको भनाई छ ।
गोष्ठी उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख(डिआईजी) कुवेर कडायत, लुम्बिनीका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख लगायत सहभागी भएका छन् । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा लुम्बिनीको सुरक्षा रणनीतिका विषयमा छलफल हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।