ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

एलआइसी नेपालको प्रदेशस्तरीय उत्प्रेरणामूलक प्रशिक्षण

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

गोविन्दप्रसाद गिरी
भैरहवा, ९ फागुन ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) नेपालले उत्प्रेरणामुलक प्रशिक्षण एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम, कर्णाली प्रदेशका अभिकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले कार्यक्रमको उद्घाटन गर्दै कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भई बीमा ब्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई प्रशिक्षण दिंदै अझ बढी सक्षम र व्यवसायी बनाउँदै लैजाने नीति अनुरुप प्रदेशस्तरीय कार्यक्रम गरेको कम्पनीले यस प्रकारका कार्यक्रमहरु संचालन गर्ने बताए । सोही क्रममा लुम्बिनी प्रदेशको राजधानी दाङमा कार्यक्रम आयोजना गरिएको सातै प्रदेशमा कार्यक्रम हरु भैरहेका उनले बताए ।यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सम्मान गरेका थिए ।

कार्यक्रममा एजेन्सी म्यानेजर दिपक कुमार पासी, अभिकर्ता विर बहादुर महरा, नर बहादुर घर्ती तथा अभिकर्ता जानकी जोसि लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रममा जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका कार्यक्रम, बजारको माग र बीमितका अपेक्षाका बारेमा प्रकाश पारेका थिए । उनीहरुले कम्पनीको केही सुधारात्मक कुराहरूको बारेमा सुझाव दिदै कम्पनीको प्रमुख कार्यकारी अधिकृत लाई जानकारी गराएका थिए ।

कार्यक्रममा शाखा प्रमुखहरु तिर्थ राज आचार्य परासी, कृष्ण दत्त भट्ट बुटवल, सुर्य बहादुर जिसि तौलिहवा, केशव सुवेदी घोराही, हिमान्सु गुप्ता लमही, हरिश भट्ट तल्सीपुर, ब्यास मिश्र नेपालगन्ज शाखाका शाखा प्रमुखहरु सहभागी थिए ।

प्रशिक्षण तथा अन्तत्र्रिmया कार्यक्रममा बर्दघाट, परासी, बुटवल, तौलिहवा, चन्द्रौटा, लमही, घोराही, तुल्सीपुर, नेपालगन्ज, बर्दिया, टिकापुर, धनगढी, महेन्द्रनगर, जुम्ला, प्युठान, सुर्खेत शाखाका बम्पर धमाकामा स्किम जित्न सफल ६० जना अभिकर्ताको सहभागिता थियो ।

कार्यक्रममा सुदुरपश्चिम, कर्णाली पदेश प्रमुख लाल बहादुर ऐर, लुम्बिनी प्रदेश प्रमुख सुरज प्रताप साह लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?