ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

१३ करोडको भवनसँगै पृथ्वीचन्द्रमा डायलासिस सेवा थपिदै

अस्पतालको नयाँ भवन निर्माणसँगै डायलासिस सेवा शुरु हुन लागेको हो । सेवा दिनका लागि अस्पतालका स्वास्थ्यकर्मीले तालिम लिई सकेका छन् । जिल्लाका बिरामीले डायलासिस सेवा लिनका लागि बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ ।
९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नवलपरासी, ९ फागुन । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेसँगै अस्पताल भित्र डायलासिस सेवा पनि सुचारु हुने भएको छ । डायलासिस सेवा जिल्लामा नभएको हुँदा नयाँ भवनको हस्तान्तरणसँगै डायलासिस सेवा सुचारु हुने अस्पतालले जनाएको हो । रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको र यसै बर्ष भवन हस्तानन्तरण भएर अस्पतालको स्वामित्वमा आएपछि अस्पतालका लागि आवश्यक पूर्वाधार हुने भएपछि डायलासिस सेवा सुचारु गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले जानकारी गराए ।

जिल्लाबाट सो सेवा लिनका लागि बुटवल र भैरहवा जान परेको छ, उनले भने, भवन अस्पतालको स्वामित्वमा आएपछि डायलासिस सेवा सुचारु हुन्छ । यसका लागि अस्पतालका केही स्वास्थ्यकर्मीले तालिम लिइसकेका छन् । केही जनशतिm प्रदेश सरकारले उपलब्ध गराउने र त्यसका लागि विज्ञापन गरि सकेको छ । छिट्टै ति जनशतिm पनि आउने र पूर्वाधार पनि पाउने भएपछि अस्पतालले नयाँ सेवा डायलासिस सुचारु हुन्छ । यसले जिल्लाबासीलाई लाभ पुग्ने उनको भनाई थियो ।

त्यसैगरि पिसिआर भवन समेत निर्माण भई सकेको अवस्थामा पुगेको उनले बताए । सो भवनलाई पिसिआर परिक्षणसँगै केन्द्रिय प्रयोगशालाको रूपमा सञ्चालन गर्ने योजना समेत अस्पतालको रहेको डा.पाण्डेले भने,केन्द्रीय प्रयोगशाला भएपछि हाल भइरहेका परिक्षण बाहेक थप परिक्षणहरू हुनेछ । त्यसका लागि जिन स्पट, कल्चर टेष्ट लगायतका टेष्टहरू समेत हुनेछ । उनका अनुसार लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ ।
५० सैयाको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु. १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको तत्कालिन भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको पहलमा उतm भवनको बजेट परेको थियो । भवनको शिलान्यास समेत चौधरीले नै गरेका थिए । गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभाव लगायत कारणले काम नसकिए पछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले जानकारी गराएका थिए ।

उनका अनुसार फागुन मसान्तसम्म उक्त भवन अस्पताल विकास समितिलाई हस्तान्तरण गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले रु १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागत भन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु. १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माणाधीन नयाँ भवनको रङरोगन र फिनिसिङको काम भइरहेको छ । वित्तिय प्रगति ९१ प्रतिशत र भौतिक प्रगति ९५ प्रतिशत भइसकेको छ’, उनले भने, ‘फागुनसम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम गरिरहेका छौँ ।’ जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका थिए ।

यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच बिस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । भौतिक पूर्वाधार काम सम्पन्न हुनेवित्तिकै फागुन अन्तिमदेखि नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उनको भनाइ थियो । नयाँ र पुरानो भवनमा आवश्यकता अनुरूपका सेवा कक्षहरू बनाईने छ । अध्यक्ष गुप्ताले भने, ’पुरानो भवनमा भएका उपकरण सार्नु पर्ने हुन्छ । नयाँ भवनमा सर्दा केही संरचना निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता परेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।’ प्रादेशिक अस्पतालका रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि थप जनशक्तिको आवश्कता पर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको उनले बताएका थिए ।

अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक, कान,घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसूति जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।

अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो, यसका लागि नियमित चिकित्सकको बैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए । दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज,प्रेस,निजी क्षेत्र,प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?