ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

साई ग्लोबल कपः जेसीज र साई ग्लोबल ‘बी’ विजयी

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

बुटवल, ९ फागुन ।

जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल ‘बी’ले जित निकालेका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले लुम्बिनी बाणिज्य क्याम्पसमाथि ९ विकेटको जित निकालेको हो भने साई ग्लोबलले सहीद नारायण पोखरेल क्याम्पसमाथि १८ रनको जित निकाल्न सफल भएको हो ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी बाणिज्यले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा अलआउट हुँदै ७६ रनको सामान्य योगफल बनायो । उसका लागि साहीउल्लाह खान मुसलमानले सर्वाधिक २४ रन जोड्दा हिरामणि भण्डारीले १५ र सन्देश पौडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा जेसिसका इकलाख अहम्मद र अजयकुमार चौहानले समान ३–३ तथा शैलेन्द्र यादवले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेसिसले १४ ओभर १ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सागर कुँवरले ३२ र शैलेन्द्र यादवले २९ रन बनाए । उनीहरु दुबैजना अविजित रहे । बलिङमा लुम्बिनी बाणिज्यका क्षितिज गैरेले १ विकेट लिए । खेलमा जेसिसका इकलाख अहम्मद म्यान अफ द म्याच घोषित भए ।

यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल ‘बी’ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल बनायो । उसका लागि अविजित ज्ञवालीले ३२, मिर्नाल गुरुङले ३० र मोहम्मद हुसेनले १३ रन बनाए । बलिङमा सहीद नारायणका शेषदत्त थारुले ३, प्रकाश आचार्यले २ तथा सुभाष थारु र प्रदीप सुवेदीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सहीद नारायण १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रनमै समेटियो । उसका लागि प्रदीप सुवेदीले ३०, अभिषेक भण्डारी र सुभाष थारुले समान २३–२३ तथा वीरेन्द्र यादवले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा साई ग्लोबलका धिरन्दर राजभरले ३ तथा मोहम्मद हुसेन, मिर्नाल गुरुङ, जयप्रताप यादव र अमन यादवले समान १–१ विकेट लिए । खेलमा साई ग्लोबल ‘बी’ धिरन्दर राजभर म्यान अफ द म्याच भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?