ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

नामिबियासँग नेपालको लगातार दोस्रो हार

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

काठमाडौँ ।

आईसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। बुधबार भएको खेलमा नामिबियाले नेपालमाथि २ विकेटको जित दर्ता गरेको हो। नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

लिगको अन्तिम खेलमा नेपालले आइतबार नेदरल्याण्डस्सँग खेल्नेछ।

नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

नामिबियाका लागि कप्तान गेहार्ड इरासमसले बनाएको ५२ रन नै सर्वाधिक रह्यो। ५६ बलमा ८ चौका र २ छक्का हानेका रासनमस २२ औँ ओभरको अन्तिम बलमा करण केसीको हातबाट क्याच आउट भए।

कुशलले नै २९ औँ ओभरको चौथो बलमा जान निकोललाई ५ रन बनाउँदा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। त्यसअघि कुशलले नै कप्तान गअ‍ेहार्ड इरासमसलाई पेचेलियनको बाटो देखाएका थिए।

कुशलले नै ४० औँ ओभरको पहिलो बलमा रुवेल ट्रेम्पलमेनलाई १६ रन बनाउँदा देव खनालको हातबाट क्याच आउट गराए।

माइकल भान लिगंगेन ३१ रनमा क्याच आउट भए। ३४ बलमा ४ चौका र २ छक्का हानेका माइकल कुशल मल्लको बलमा आशिफ शेखको हातबाट आउट भए।

अलराउण्डर दीपेन्द्र सिंह ऐरीले १८ औँ ओभरको तेस्रो बलमा जान फ्रेलिकलाई एलबीडब्लु धरापमा पारे। कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई ३१ रन बनाउँदा पेभेलियनको बाटो देखाए।

पाँचौँ ओभरको पहिलो बलमा कप्तान रोहित पौडेलले नामिबियाका ओपनर जिन पिएर कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे। त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए। दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजवंशीले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।

ओपनर आशिफ शेख ५८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। आशिफ २० औँ ओभरको पाँचौ बलमा ५८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे।आशिफले ६४ बलमा ८ चौका र १ छक्का हाने।

नेपालका लागि कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाह शुन्य रनमा नै आउट भए।

रोहित २४ औँ ओभरको दोस्रो बलमा शुन्य रनमा नै आउट भए। ९ बलको सामना गरेका रोहित जान निकोल लिफ्टी एटोनको बलमा क्याच आउट हुन पुगे।

आशिफले १७ औँ ओभरको पाचौँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले ५५ बलमा ८ चौका र १ छक्का हाने।

ओडीआईमा आशिफको यो १२ औँ अर्धशतक हो। नेपालबाट धेरै अर्धशतक हान्ने आशिफ एक्ला खेलाडी हुन्।

कुशल मल्ल ३६ रन बनाउँदा क्याच आउट भए। ५२ बलमा १ चौका र ३ छक्का हानेका कुशल इरानसमसको बलमा क्याच आउट भए।
करण केसी १२ रनमा क्याच आउट भए। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।

आठौँ ओभरको अन्तिम बलमा देव खनाल शुन्य रनमा आउट भए। देव ज्याक ब्रसेल्सको बलमा क्याच आउट हुन पुगे।

दिपेन्द्र सिंह ऐरि ६, सोमपाल कामी ४ रनमा आउट भए। भिम सार्की २६ रनमा बोल्ड आउट भए।

नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल सातौँ ओभरको दोस्रो बलमा कुशल १८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे।

सोही ओभरको चौथो बलमा अनिल शाह पनि शुन्य रनमा नै क्याच आउट हुन पुगे।

नामिबियाका लागि बेनार्ड स्कल्ट र जान निकोलले समान ४ विकेट लिए। ज्याक ब्रसेल, गेहार्ड इरासमसले एक एक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?