ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

उजिरसिह शारीरिक सुगठन तथा मेन्स एण्ड वुमन्स फिजिक्स च्याम्पियनसिप हुने

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

बुटवल, ९ फागुन ।

शारीरिक सुगठन खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने गरी बुटवलमा दोस्रो उजिरसिह रुपन्देही जिल्ला स्तरीय बडिबिल्डिङ तथा प्रथम मेन्स एण्ड वुमन्स फिजिक्स च्याम्पियनसिप २०८० हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा फागुन १२ गते हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

अंग्रेज सेनालाई पराजित गर्न सफल भएका योद्धा कर्णेल उजिरसिहको नामबाट प्रतियोगिता राखेर ईतिहासबारे नया पुस्तालाई बुझाउन सफल भएको उनले बताए । युवाहरुलाई खेलमार्फत दुब्यर्सनीबाट टाढा लग्ने मात्र नभई ब्यक्तिगत पहिचान गराउन सकिने सम्भावना रहेको उनले बताए । प्रतियोगिताको ओभरअल टाईटल उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विधागत रुपमा ५५, ६०, ६५, ७० र ७० प्लस तौल समूहका विजेताले नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यसैगरी पुरुष फिजिक्समा ५, ३ र २ हजार रुपैयाँ, ट्रफी तथा वुमेन्स फिजिक्स १०, ८ र ५ हजार रुपैया, ट्रफि पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा शारीरिक सुगठन संघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले बि.सं. २०६४ सालदेखि नियमित रुपमा जिल्ला, प्रदेशस्तरीय प्रतियोगिता हुँदै कर्णेल उजिरसिह थापाको स्मृतिमा पहिलो संस्करणको बडिबिल्डिङ प्रतियोगिता सम्पन्न गरिसकेको बताए । खेलको विकास साथै ईतिहासको भाव स्मरण हुने गरि प्रतियोगिता आयोजना गरिएको उनले बताए । काठमाडौ बाहिर सबैभन्दा धेरै प्रतियोगिता गर्ने जिल्लाका रुपमा रुपन्देही भएको उनले बताउँदै मिस्टर रामापिथेकस राष्ट्रिय प्रतियोगिता गर्ने समेत सोच रहेको बताए । पहिलोपटक महिला खेलाडीहरुलाई समेट्ने गरी वुमन्स फिजिक्स विधा समेत समावेश गरिएको उनले बताए ।

यसमा रुपन्देहीसहित नेपालगंज, घोराही, नवलपरासीका खेलाडीहरु सहभागी हुने छन् । बुटवलश्री दुई पटक विजेता कृष्ण श्रेष्ठले ५५ औ एशियन बडिबिल्डिङ प्रतियोगितामा कास्य पदक जित्न सफल भएका थिए । प्रतियोगिताको २० हजार रुपैयाँ पुरस्कार राशीबाट अहिलेसम्म ५० हजार रुपैयाँसम्म पुगेको उनले बताए । यो सबै खेलको माउ खेलका रुपमा बडिबिल्डिङ भएको भन्दै यसको महत्व बुझाउन आफुहरु लागेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश शारीरिक सुगठन संघका सचिव केशव बहादुर शाक्यले सबै उमेर समूहमा खेल आकर्षक रहेको बताए । स्वस्थ रहनमात्र नभई खेलबाट नै नाम र दाम कमाउन सकिने ब्यावसायिक खेलाडी विकास भैरहेको उनले बताए ।

संघका सचिव आशिष श्रेष्ठले बुटवल उद्योग वाणिज्य संघको सभा हलमा हुने प्रतियोगितामा एक सय जना खेलाडीहरु सहभागी हुने जानकारी दिए । उनले साढे ४ लाख खर्च हुने अनुमान आयोजकको रहेको बताए । प्रतियोगितामा गतवर्ष बुटवल फिटनेशका सुनिल आले च्याम्पियन रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?