Butwal Today

एलआइसी नेपालको प्रदेशस्तरीय उत्प्रेरणामूलक प्रशिक्षण

९ फाल्गुन २०८०, बुधबार
अ+
अ-

गोविन्दप्रसाद गिरी
भैरहवा, ९ फागुन ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) नेपालले उत्प्रेरणामुलक प्रशिक्षण एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम, कर्णाली प्रदेशका अभिकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले कार्यक्रमको उद्घाटन गर्दै कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भई बीमा ब्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई प्रशिक्षण दिंदै अझ बढी सक्षम र व्यवसायी बनाउँदै लैजाने नीति अनुरुप प्रदेशस्तरीय कार्यक्रम गरेको कम्पनीले यस प्रकारका कार्यक्रमहरु संचालन गर्ने बताए । सोही क्रममा लुम्बिनी प्रदेशको राजधानी दाङमा कार्यक्रम आयोजना गरिएको सातै प्रदेशमा कार्यक्रम हरु भैरहेका उनले बताए ।यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सम्मान गरेका थिए ।

कार्यक्रममा एजेन्सी म्यानेजर दिपक कुमार पासी, अभिकर्ता विर बहादुर महरा, नर बहादुर घर्ती तथा अभिकर्ता जानकी जोसि लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रममा जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका कार्यक्रम, बजारको माग र बीमितका अपेक्षाका बारेमा प्रकाश पारेका थिए । उनीहरुले कम्पनीको केही सुधारात्मक कुराहरूको बारेमा सुझाव दिदै कम्पनीको प्रमुख कार्यकारी अधिकृत लाई जानकारी गराएका थिए ।

कार्यक्रममा शाखा प्रमुखहरु तिर्थ राज आचार्य परासी, कृष्ण दत्त भट्ट बुटवल, सुर्य बहादुर जिसि तौलिहवा, केशव सुवेदी घोराही, हिमान्सु गुप्ता लमही, हरिश भट्ट तल्सीपुर, ब्यास मिश्र नेपालगन्ज शाखाका शाखा प्रमुखहरु सहभागी थिए ।

प्रशिक्षण तथा अन्तत्र्रिmया कार्यक्रममा बर्दघाट, परासी, बुटवल, तौलिहवा, चन्द्रौटा, लमही, घोराही, तुल्सीपुर, नेपालगन्ज, बर्दिया, टिकापुर, धनगढी, महेन्द्रनगर, जुम्ला, प्युठान, सुर्खेत शाखाका बम्पर धमाकामा स्किम जित्न सफल ६० जना अभिकर्ताको सहभागिता थियो ।

कार्यक्रममा सुदुरपश्चिम, कर्णाली पदेश प्रमुख लाल बहादुर ऐर, लुम्बिनी प्रदेश प्रमुख सुरज प्रताप साह लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।