ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

आर्थिक हिनामिनाको आरोपले पश्चिमाञ्चल ट्रकमा विवाद

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

बुटवल, ७ फागुन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयाँ नेतृत्व चयन भएसँगै विवाद बढेको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रूपमा निर्वाचित भएको घोषणा निर्वाचन समितिले गरेको थियो । सर्वसम्मत गर्ने नाममा आर्थिक हिनामिनाका आरोपी गौतमलाई निर्वाचन मण्डलले अध्यक्ष घोषणा गरेपछि विवाद सुरु भएको हो ।

निर्वावचन मण्डलका हालका बरिष्ठ उपाध्यक्ष तथा कार्यसमितिमा रहेका अधिकांस सदस्यलाई पाखा लगाउँदै एकतर्फी रूपमा गौतमलाई अध्यक्ष घोषणा गरेको आरोप समेत लागेको छ । निर्वाचन मण्डलका संयोजक पूर्व अध्यक्ष अर्जुन रानाभाट, सदस्यमा पूर्व अध्यक्ष गुप्त बहादुर केसी र लोकराज पोखरेललाई कार्यसमितिले तोकेको भएपनि निर्वाचन मण्डलले थप झपेन्द्र अधिकारीलाई निर्वाचन समितिमा मनोनयन गरेको थियो । समितिले निर्वाचन मण्डलमा अधिकारीलाई थपेपछि पनि अर्को समूहले भने विरोध जनाएको थियो ।
व्यवसायीहरूले लामो समयदेखि अध्यक्ष टिकाराम गौतम माथि आर्थिक हिनामिनाको आरोप लगाउँदै छानविनको माग गर्दै आएका थिए । आर्थिक हिनामिनाको आरोप लागेका निवर्तमान अध्यक्ष नै पुनः अध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डलले घोषणा गरेपछि अन्य व्यवसायीहरूले भने यसको सशक्त विरोध गर्ने जनाएका छन् ।

व्यवसायी महेन्द्र कार्कीले हालै नवनिर्वाचित अध्यक्ष गौतम पदमा रहँदा यसअघि ०७५ असोज २१ गते दुर्घटना भएको सवारीको विमाबाट समेत मुद्दा हारेको र उक्त फाईल नं. ८० बाट ८ लाख ३३ हजार भ्रष्टचार गरेको भन्दै भ्रष्टचारीलाई अध्यक्षमा स्वीकार गर्न नसक्ने बताए । निर्वाचन मण्डललाई विलबुकमा फोटो भएपनि कमाई खाने गाडि नभएका, विवादमा नआएका व्यक्तिलाई नेतृत्वमा ल्याउन म्यान्डेट दिएपनि उक्त प्रतिबद्धता जनाए जस्तो नेतृत्व नआएको भन्दै उनले अध्यक्ष गौतम बाहेक अरूको नेतृत्वका बारेमा आफूहरूले सोंच्न सकिने बताए ।
साथै उनले निर्वाचन समितिबाट आफूहरूलाई धोका भएको समेत बताए । उनले मतदान गर्न पाउने अधिकारलाई बञ्चीत गरेर पद नखुलाई फाराम भराएर आकांक्षीहरूलाई नेतृत्व बाहिर राख्ने काम गरेको बताए ।

त्यस्तै अर्का व्यवसायी डिल्लीराम रिजालले निर्वाचन मण्डललाई निष्पक्ष निर्णय गर्नका लागि अधिकार दिएपनि विलबुकेहरूलाई नेतृत्वमा ल्याइएको बताए । साथै उनले नीतिगत भ्रष्टचार गर्नेहरूले संस्थालाई अगाडि बढाउन नसक्ने समेत बताए । समितिको हालै मात्र भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रूपन्देही बसन्ती आले र नारायाणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शाभाकान्त पाण्डेय, काठमाडौं उपाध्यक्षमा देवेन्द्र वानिया, गुल्मी, पाल्पा स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखाँची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्वत रूपमा निर्वाचित भएका थिए ।

त्यस्तै समितिको सदस्यमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका भएका थिए । यता, निर्वाचन समितिका संयोजक रहेका समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाटले निर्वतमान कार्यासमिति, पूर्व पदाधिकारीहरूले समावेशी समूह निर्माण गर्न म्यान्डेट दिएको र सोही अनुसार निर्वाचत समितिले काम गरेको बताए । उनले आरोप प्रत्यारोपको विषयमा भने आफूले अनविज्ञता प्रकट गरे । उनले भने–‘यो विषयमा जे म्यान्डेट आएको थियो, सोही अनुसार सबैलाई समेटेर कामगरेको हो ।’

यता, अध्यक्षमा निर्वाचित टिकाराम गौतमलले अरोप लगाउने काम मात्रै भएको भन्दै यसमा कुनै पनि यथेष्ठ प्रमाण नभएको बताए । उनले बिमा बापत आउने रकमको विषयमा आरोप लगालएको भएपनि बिमाबाट रकम आउने र सोही बापत रकम दाखिला गर्ने बताए । यो विषयमा बिमा प्राधिकरणमा मुद्दा समेत चलेको र मिलापत्र समेत गर्ने कुरा भैरहेको बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘मेरो पेशा नै यातायात क्षेत्र हो, लामो समयदेखि नै ट्रक व्यवसायीको रूपमा काम गरेको छु, आरोप लगाप लगाउँदैमा कुनै पनि प्रमाण पुग्दैन, बिमाबाट रकम आएपछि दाखिला हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?