ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

जीर्ण बन्दै लुम्बिनीको अशोक स्तम्भ

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बुटवल, ७ फागुन ।

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो भनेर चिनाउने पहिलो र मुख्य आधार अशोक स्तम्भ हो । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिईन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो ।

लुम्बिनीलाई बुद्धजन्मस्थलको रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ । यूनेस्को, पुरातत्व विद्हरुले दिएको सुझाव अनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

लामाले भने ‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भ नजिकै बालिदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञहरुको सुझाव थियो, त्यही सुझाव अनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ ।’ लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ निर्माण गरिएको छ । “उक्त दियो सेडले पर्यटनहरुलाई पनि आर्कषण गरेको छ भने लुम्बिनीको दैनिक आयस्रोत पनि बढेको छ”– उनले भने ।

अशोकस्तम्भ संरक्षणका लागि लामाको पहल

यूनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरुको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो । बत्ती बाल्दा त्यसबाट निस्कने कार्बनले अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकरात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफुहरुले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एंव बरिष्ठ पुरातत्वविद् हिमाल कुमार उप्रेतीले बताए । उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए ।

सन् २०११ देखि २०१३ सम्म पवित्र बगैंचा क्षेत्रमा यूनेस्को जापानीज फण्ड एण्ड ट्रष्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए । उनका अनुसार सोही परियोजना अन्तर्गत अशोक स्तम्भको पुरातात्विक संरचना संरक्षणका लागि वाटरप्रुफ र संरक्षणको काम गरिएको थियो । अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टी दियो स्थल निर्माण गरेको छ । अहिले एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ । कोषले दैनिक रुपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ । नवनर्मित दियो स्थलमा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सहितका विभिन्न धार्मिक गुरु एवं तीर्थालुहरुले बत्ती बालेका छन् ।

गत माघ १२ गते उपाध्यक्ष डा. लामा सहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडको उद्घाटन गरेका हुन् । महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतीमा प्रायः दियो बाल्ने प्रचलन रहन्छ । बौद्धिष्ट बाहेक अन्य तीर्थालुहरुले समेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ ।

व्यवस्थित रुपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुर्याएको छ । माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख ९ हजार ८ सय रुपैयाँ बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?