Butwal Today

एमाले कैलालीको अध्यक्षमा तीनजनाको दावी

६ फाल्गुन २०८०, आइतबार
अ+
अ-

धनगढी, ६ फागुन ।      नेकपा एमाले कैलालीको जिल्ला नवौँ अधिवेशन आजबाट सुरु हुँदै छ । जिल्लाको मध्य क्षेत्र सुखडमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । फागुन ६ र ७ गते हुने कैलाली जिल्ला अधिवेशनका लागि मुख्यतया त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदका लागी यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन भने जोशी कैलाली जिल्लाको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।
उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् भने सचिवमा हितेस ओझा, ममता प्रसाद चौधरी, विष्णु चन्द, कमल बहादुर राना,चूडामणि भट्ट, आनन्द प्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका न्यौपाने, विष्णु बहादुर चौधरी, वक्त बहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जना उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागी धिमलाल जोशी, राजु गुरुङ, चक्र बहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टिकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदार प्रसाद ओझा अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह,लक्ष्मी केसी, गणेश बहादुर साउद, मोहन विक, धुर्व्र बहादुर भण्डारीले दाबी गरेका छन् ।
त्यस्तै खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा,ध्रुव खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल गोविन्द कोइराला, रत्ना कुवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।
सहमतिबाटै नेतृत्व चयन गर्न प्रयास भइरहेको एमाले पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले बताए । सहमतिबाट सम्भव नभए निर्वाचन पद्धतिबाट नेतृत्व चयन गरिने उनको भनाइ छ ।