Butwal Today

आईसीसी विश्वकप लिग २ : नेपाल ए र क्यानडा ११ खेल्दै

६ फाल्गुन २०८०, आइतबार
अ+
अ-

बुटवल,६ फागुन । नेपाल ए क्रिकेट टिम र क्यानडा ११ बीच आइतबार प्रतिस्पर्धा हुँदैछ। तीन खेलको एक दिवसीय अभ्यास खेल अन्तर्गत आज नेपाल ए र क्यानडा ११ बीच पहिलो खेल हुन लागेको हो।

खेल आज बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुँदैछ। नेपाल एको कप्तान विनोद भण्डारी रहेका छन्। प्रधानमन्त्री कप, यू १९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल एमा समेटिएका छन्।

यूएईमा दुई सातापछि हुने आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्यानडा पराजित भएको थियो।

नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।