Butwal Today

कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साता

६ फाल्गुन २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वर्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आइतबार सूचना जारी गर्दै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डले आगामी वैशाख १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?