Butwal Today

स्नुकर र फुटबल खेलाडीलाई सम्मान

६ फाल्गुन २०८०, आइतबार
अ+
अ-

बुटवल,६ फागुन । रुपन्देही पुल तथा स्नुकर संघले हालै पोखरामा सम्पन्न राष्ट्रियस्तरको स्नुकर प्रतियोगितामा सहभागी भई आठौं स्थानमा पुग्न सफल संघका सदस्य खेलाडी सारन रानालाई सम्मान गरेको छ । खस्यौली स्नुकर क्लबमा आइतबार एक कार्यक्रम गरी रानालाई सम्मान गरिएको संघका अध्यक्ष सुजन पुनले जानकारी दिए । खेलाडीलाई सम्मान गर्दै अध्यक्ष पुनले स्नुकर खेलाडी उत्पादनमा रुपन्देही जिल्ला देशमै अग्रणी रहेको भन्दै निकट भविष्यमा बुटवलमा पनि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताए ।

यसैबीच खस्यौली स्नुकर क्लबले हालै बुटवलमा सम्पन्न मनमोहन स्मृति वडा कप प्रतियोगितामा प्रथम भएको वडा नंं ६ को टिमका खेलाडीलाई सम्मान गरेको छ । सो अवसरमा बुटवल ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने, रुपन्देही पुल तथा स्नुकर संघका बरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुन, महासचिव शंकर खड्का, क्लबका सञ्चालक विजय गुरुङले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।