ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

जसपाले थाल्यो विकासका लागि सर्वपक्षिय बहस अन्तक्र्रिया

६ फाल्गुन २०८०, आइतबार
६ फाल्गुन २०८०, आइतबार

नवलपरासी,६ फागुन । जनता समाजबादी पार्टी (जसपा) नवलपरासीले विकासमा बहस गर्ने उदेश्यले पाल्हीनन्दन गाउपालिकामा सर्वदलिय सर्वपक्षिय अन्तक्र्रिया गरेको छ । पाल्हीनन्दन गाउपालिका भित्र संघिय सरकार,लुम्बिनी प्रदेश सरकार र स्थानिय सरकारको रूपमा रहेको गाउपालिका सरकारले गर्दै आएको विकास योजनाबारे जनतालाई प्रत्यक्ष जानकारी गराउने गरि सो अन्तरक्रिया गरिएको हो ।
जनताले सबै जनप्रतिनिधिलाई सवाल जवाफ गर्न सकुन भनेर जसपाले यस्तो कार्यक्रमको आयोजना गरेको जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी गराएका थिए । भई रहेको विकासको सबैले आफुले गरेको भनेर जस लिईने र धेरै यस्ता अतिवाश्यक रहेको बिकासमा कस्को कारणले नभएको भनेर कुनै जनप्रतिनिधिले चाँसो नलिईने गरेको हुदा यसको निर्कौल गरि जनतालाई सहि सुचना प्रवाह होस,आफ्ना जनगुनासा पनि राख्न सकुन भनि कार्यक्रम राखिएको उनले बताए । सो कार्यक्रममा संघिय सरकार प्रतिनिध सभा सदस्य समेत रहेका पुर्व कानुन तथा न्याय मन्त्री ध्रुव बहादुर प्रधान,लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल र स्थानिय सरकारको रूपमा रहेको पाल्हीनन्दन गाउपालिकाका प्रवक्ता कृष्णचन्द्र यादव रहेका थिए । त्यसै गरी राष्ट्रिय भुमि आयोगका सदस्य सुदर्शन खरवार,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्था मुल समितिका अध्यक्ष हैदर अलि मोमिनको पनि सहभागिता रहेको थियो ।
नेपाल सरकारका तिनवटै सरकारका जनप्रतिनिधि तथा सरोकारवाला संघसस्था भए पनि सोचे अनुरूप विकास नभएको समेत गुनासो जसपा अध्यक्ष यादवको थियो । उनका अनुसार गाउपालिका भित्रका मुख्य सडक,पुल पुर्वाधार तथा अन्य जनसरोकारका विषयमा सामन्जस्यता नभएर काम हुन नसक्दा यस क्षेत्रका जनताले सास्ती ब्यहोर्न परेको छ । यसका लागि तिनवटै सरकारका जनप्रतिनिधिहरू सामानजस्यता मिलाई विकास पुर्वाधारमा काम गर्नका लागि कामको बाडफाड गरेर गर्नु पर्ने समेत औल्याएका थिए । गाउपालिका भित्रको महेशपुर बजार,सिमा नाका,झरहीखोला पुल,गण्डक नहरको सडक,सिचाई आयोजना,मलखाद्यका समस्या जस्ता महत्वपुर्ण भएकोले यसमा संघिय सरकारको तर्फबाट संघिय साँसद प्रधानले के कस्ता काम गरेको कति वटा योजना पार्न सफल भएको समेत जिज्ञासा राखेका थिए ।
त्यसैगरि प्रदेश स्तरिय सडक उजैनी चिमनटोला सडक,मन्झरिया सनई सडक,सिचाई बाँध,नदी खोला तटबन्ध जस्ता सवाल प्रदेश साँसद जैसवालसँग पनि गरेका थिए । दोश्रो कार्यकालमा हुदा पनि विकास तर्फ ध्यान नदिएको गुनासाहरू स्थानिय जनताले गरेका थिए । भन्ने गाउपालिकाले विद्यालय,स्वास्थ्यचौकी,अस्पताल लगायत स साना गाउ स्तरको योजनाबारे समेत स्थानियलाई जानकारी नहुने गरेको आरोप लगाएका थिए । सो आरोपबारे गाउपालिकाका प्रवक्ता यादवले गाउपालिकाले काम गर्दै आएको तर केही ब्यक्तिले राजनीतिक प्रतिसोध राख्दै अख्तियार दुरूपयोग अनुसंधानमा उजुरी हाल्ने गर्दा विकासमा बाँधा परेको प्रतिकृया दिईएका थिए । गाउसभाले आफ्नो प्रयासले धेरै जसो काम गर्दै आएको छ, उनले भने, तर योजना शुरु भयो कि अख्तियारमा उजुरी गयो यस्तो बाधा अडचन गर्ने कार्य भइरहेकोले विकासमा बाँधा छ । अब अगामी दिनमा विकासमा बाँधा भन्दा विकासका एकता र प्रतिबद्धता हुन जरुरी रहेको औल्याएका थिए । केही गुनासा छन्,भने गाउपालिकामै भनेर समाधान खोज्नु पर्ने समेत उनले आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?