ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

वडा नं ६ लाई १७ औ मनमोहन स्मृति वडा कपको उपाधि

५ फाल्गुन २०८०, शनिबार
५ फाल्गुन २०८०, शनिबार

बुटवल, ५ माघ । बुटवलमा सम्पन्न मनमोहन कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ६ ले चुमेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार भएको फाईनल खेलमा वडा नं ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो पोल्टामा पारेको हो । उपाधिसंगै वडा नं ६ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ७ भने नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा गतवर्षको विजेता टिम वडा नं १७ अनुसासित टिमबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का मिलन आले हाई स्कोरर, वडा नं ६ का सन्देश खनाल उत्कृष्ट गोलरक्षक, वडा नं ७ का अनुप गुरुङ राईजिङ प्लेयर घोषित हुदै नगद ३ हजार रुपैया तथा वडा नं ७ का मोहन थापा सर्वोत्कृष्ट खेलाडी ८ हजार रुपैयाबाट पुरस्कृत भए ।

सिद्धेश्वर खेलमैदानमा शनिबार दर्शकले भरिभराई फाईनल खेलमा वडा नं ७ का यमु रानाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको चौथो मिनेटमा उनले खाता खोले । खेलको दोस्रो हाफमा वडा नं ६ का आवेश शाहीले ५५ औ मिनेटमा बराबरी गोल गरे । डिफेन्स बिट भएको बेला वन भर्सेज वनको अवस्थामा उनले आर्कषक गोल गरेका थिए । खेलमा नायक रहेका आवेश शाहीले ८० औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई विजयी बनाए ।

एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभासदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय महासचिव सुमन पुरी,  सचिवालय सदस्य केशव रोक्का, स्थाई कमिटी सदस्य बुद्धिराज थापा, कल्पना पाण्डे मगर र श्रद्धा कुवर, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष विकासजंग बस्नेत, नेकपा एमाले पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तेजन्द्र केसी, प्रदेश सदस्य गोपाल राना, बुटवल नगर अध्यक्ष गणेश बोहराले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले गतवर्षभन्दा पुरस्कार राशी दोब्बर बढाईएको बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १८ वडाका टिमले भाग लिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?