Butwal Today

वनभोज खांदा खाना सर्केर मेयरका स्वकीय सचिवको मृत्यु

५ फाल्गुन २०८०, शनिबार
अ+
अ-

बुटवल,५ फागुन । रामेछापमा खाना खाने क्रममा सर्केर नगरपाकिलाका स्वकीय सचिवको मृत्यु भएको छ । नगरपालिकाका कर्मचारीको वनभोजमा रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको खाना सर्केर मृत्यु भएको हो ।
रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए। खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो। खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो।

त्यहां राम्ररी उपचार हुन नसकेपछि श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो।