© 2026
बुटवल,५ फागुन । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलको अध्यक्षमा टिकाराम गौतम निर्विरोध निर्वाचित भएका छन् । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट गौतम अध्यक्ष रहेको नयां नेतृत्व निर्विरोध निर्वाचित निर्वाचित भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रुपन्देही सेक्टरमा बसन्ती आले र नारायाणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शाभाकान्त पाण्डेय, काठमाण्डौ उपाध्यक्षमा देवेन्द्र बानिया, गुल्मी, पाल्पा स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखांची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्मत रुपमा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी गराएका छन् ।
त्यस्तै समितिको सदस्यमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका छन् । समितिमा १२ सय ट्रक धनी आवद्ध छन् ।

